स्थानीयले उजुरी गरेपछि मलेसियामा ५८ जना कामदार पक्राउ
मलेसिया, वैशाख २८ – स्थानीय बासिन्दाले उजुरी गरेपछि मलेसियामा अवैधानिक रुपमा काम गर्ने ११ महिला सहित ५८ जना आप्रवासी कामदार पक्राउ परेका छन् ।अध्यागमन विभागले पेनाङस्थित एक सपिङ मलको ४० वटा फूड कोर्टमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।
पेनाङ, केदाह, पर्लिस र पेराक अध्यागमन विभागका ९० जनाको टोलीले गएको आइतबार ती फूड कोर्टहरुमा छापा मारेको थियो । पक्राउ पर्नेहरुमा नेपालसहित बंगलादेश र इण्डोनेसियाका कामदार छन् । पक्राउ परेकामध्ये चार जना सेक्युरिटी गार्ड छन् । अरु सबै कुक र वेटरको काम गर्ने कामदार हुन् ।


0 comments
Write Down Your Responses