हेभेन्लीपाथले थुनाएको पत्रकार रिहाईको माग

 २०७३ बैशाख २८ मंगलवार
किरात राई पत्रकार संघले पुस्तक र पत्रिकामा रिपोर्ट लेखेकै आधारमा पक्राउ परेका पत्रकार मनोजकुमार राई (भद्रगोल किराती)को रिहाईको माग गर्दै मंगलबार प्रेस विज्ञप्ति जारी गरेको छ । संघका महासचिव विजय चामलिङद्धारा जारी गरिएको प्रेस विज्ञप्तिको पूर्णपाठ जस्ताको तस्तै : 
किरात राई पत्रकार संघका संस्थापक सदस्य तथा पूर्व महासचिव एवम् ‘गाउँले मासिक’का प्रधान सम्पादक समेत रहेका भद्रगोल किराती (मनोजकुमार राई)लाई ओमनन्द ‘गड एन्जल’ नामका किरात धर्म गुरु भनिने भक्तकुमार राईबारे समाचार र पुस्तिका लेखेको आरोपमा गत वैशाख २६ गतेदेखि प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
आपूmलाई किरात धर्म गुरु र भगवान्को रुपमा प्रस्तुत गरी किरात समुदायको मौलिक धर्म, संस्कृति र सस्ंकारहरुको अपव्याख्या गर्दै किरातीहरुको मौलिक धर्म, संस्कृति र पहिचानविरुद्ध विल्कुल नयाँ र छुट्टै किरात धर्मको व्याख्या गर्दै अभियान चलाउने, समाजलाई विभाजित गर्ने र सामाजिक वितृष्णा पैmलाउने काम गर्दै आएका कथित धर्मगुरु ओमनन्दका बारेमा पुस्तिकामार्फत सत्यतथ्य सार्वजनिक गर्दा पत्रकार किरातीलाई राज्यले नियन्त्रणमा लिएको घटनाप्रति संघको तर्पmबाट गम्भीर आपत्ति प्रकट गर्दै उनलाई तत्काल विनासर्त रिहा गर्न सरकारसँग जोडदार माग गर्दछौ ।
 यो घटना समाजसँग सरोकार राख्ने कुनै पनि विषयमा समाचार लेख्न पाउने तथा पुस्तक-पुस्तिकामार्पmत कुनै पनि विषयमा कुनै पनि व्यक्तिले आप्mनो विचार प्रस्तुत गर्न पाउने संवैधानिक प्रेस स्वतन्त्रताको हक विपरीत समेत रहेकाले पुस्तिकामार्पmत धर्म गुरु ओमनन्दमाथि लागेका आरोपका बारेमा पनि राज्य पक्षबाट गम्भीर छानविन गर्न-गराउन तथा पत्रकार किरातीलाई ससम्मान रिहा गराउन सम्बन्धित सरोकारवाला सबै पक्षसँग हार्दिक अनुरोध गर्दछौं ।

0 comments

Write Down Your Responses