“हिन्दु” काे अर्थ के हाे ?

सुरूमा आर्य नश्लीय समुदायलाई सम्बाेधन गर्ने जातिवाचक शब्द हाे, हिन्दु । हिजाे आज याे शब्दले धर्मलाई जनाउन पुगेकाे छ किनकि याे धर्म मान्ने जाति तिनै आर्यहरू मात्रै छन् । भारतीय उपमहाद्वीपमा बाहुनहरू प्रवेश गर्दा उनीहरूकाे पहिलाे झम्काभेट फारसीहरूसंग भएकाे थियाे ।
 बाहुनहरू सिन्धु नदीकाे आसपास बसेकाे हुदाँ उनीहरूलाई सिन्धु भनिन्थ्याे । त्यही सिन्धुलाई फारसीहरूले हिन्दु भन्न पुगे किनभने फारसीहरूले “स” ध्वनीलाई “ह” भन्थे । फारसीहरूकाे माैलिक शब्दमा “स” ध्वनी हुदैन । बलदीप प्रभाश्वर चामलिङ बाहुन र फारसीहरूकाे सम्बन्ध कटुतापूर्ण थियाे । फारसीहरूले बाहुनहरूलाई मनै पराउदैन थिए ।
 फारसीहरूले बाहुनलाई लुच्चा, फटाहा, भागेर आएका र कमारा भन्थे । पछि हिन्दु भन्ने बित्तिकै फारसीहरूकाे दिमागमा त्याे हिन्दुशब्द बाहुनहरू प्रतिकाे नकरात्मक बिम्ब नै बन्याे । किराँती भन्ने बित्तिकै बाहुनले जंगल-ओडारमा बस्ने र सुगुरकाे शीकार गरिखाने भनेर किराँतकाे अर्थ लगाउन खाेज्छन् । एक जातिले अर्काे जातिलाई हाेच्याउन यस्ताे हर्कत समाजमा भएकै हुन्छ । 
बाहुनले हाेच्याउनु भन्दा अगाडि नै किराँत शब्द थियाे जसरी बाहुनलाई फारसीले निन्दा गर्नुभन्दा अगाडि नै हिन्दु शब्द थियाे । पछि एक आपस विरूद्ध निन्दा गर्ने क्रममा ती शब्दहरूलाई नकारात्मक सन्देश दिने बिम्ब बनाइयाे ।
 मानव विकासक्रममा कुन जति जंगल र ओडारमा बसेनन् हाेला ? बाराक ओबामा, बिल क्लिन्टन, डेभिड क्यामरून, भ्लादमिर पुटिन र छि जिन्पिङकाे पूर्खाहरू सुरूमा सबै जंगल र ओडारमै बसेका हुन् । रूखकाे बाेक्रा लगाएकै हुन् । कन्दमुल र गिट्ठाभ्याकुर खाएकै छुन् । किराफट्याङ्ग्रा र जुनसुकै जीवजन्तु खाएकै हुन् । के बाहुनहरूचाहिँ एकैचाेटी खिर खानथालेका र सिंहदरबार बस्न आइपुगेका हुन् र ?

0 comments

Write Down Your Responses