धादिङ केन्द्रबिन्दु बनाएर ४.४ रेक्टरको भूकम्प

२९ वैशाख, काठमाडौं । 
शक्तिशाली भूकम्प गएको एक वर्ष वितिसक्दा पनि भूकम्पको पराकम्प आउने क्रम रोकिएको छैन । आज बिहान ७ बजेर ४ मिनेट जाँदा धादिङलाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । 
 ६ दिन अघि धादिङ र गोर्खा केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो । गत वर्ष वैशाख १२ र २९ मा शक्तिशाली भूकम्प गएको थियो । गोरखाको बारपाक केन्द्र विन्दु भएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका ४५३ पटक परकम्प गइसकेको छ ।

0 comments

Write Down Your Responses