जहाजभित्रै यात्रुले कुटाकुट गरेपछि...
आइतबार, १९ बैशाख, २०७३
पेरिस–दुई जँड्याहा ब्रिटिस यात्रुका कारण एउटा विमानको आपत्कालिन अवतरण भएको छ ।
जहाजभित्रै दुई पियक्कड बेलायती नागरिक मुक्कामुक्कीमा उत्रिएपछि लिभरभुलबाट स्पेनको अलिकान्टेतर्फ उडेको जहाज फ्रान्समा आपत्कालिन अवतरण गर्नुपरेको हो ।
दुई जँड्याहाबीचको लडाईंले विमानभित्रका अन्य यात्रुलाई पनि त्रास बढाएको र विमानलाई सम्भावित दुर्घटनाबाट बचाउन पनि मध्य फ्रान्सको लिमोगेस सहरमा विमान डाइभर्ट गरिएको विमानका चालकले बताए ।
विमानको आपत्कालिन अवतरणपछि झगडालु यात्रुलाई प्रहरी स्टेसनमा बुझाइएको थियो । ‘उनीहरुलाई नियन्त्रणमा लिई फ्रान्स प्रहरीलाई बुझाइएको छ, विमानभित्र लड्नुको कारण र उनीहरु स्पेन जानुको उद्देश्यबारे अनुसन्धान भइरहेको छ,’ फ्रान्सेली प्रहरीले भने ।


0 comments
Write Down Your Responses