ओबामासँग डिनर गरेपछि प्रियंकाले यसो भनिन्
आइतबार, १९ बैशाख, २०७३
बलिउडदेखि हलिउडको सानदार यात्रा तय गरेकी प्रियंका चोपडाले यो साता अमेरिकी राष्ट्रपति बाराक ओबामासँग डिनर गरेकी छिन् । उनले टिवइटरमार्फत यस कुराको जानकरी दिएकी हुन् । उनले बाराक ओबामा निकै फन्नी र चार्मिङ भएको भन्दै टिवइटरमा लेखेकी छिन् ।
केही दिन अघि प्रियंकाले डिनर गर्ने वा नगर्ने कुनै निश्चित निर्णय बाहिर आएको थिएन ।
पछि टिवइटरमार्फत जानकारी गराउँदै उनले आफु सामेल हुने जानकारी गराएकी थिइन् । उक्त डिनरमा विल स्मिथ, किम कार्दिसिया, केरी वासिंटन लगायत अन्य प्रख्यात सेलीब्रेटीहरु सामेल थिए ।
डिनरका लागि अमेरिकी राष्ट्रपतिले बाराक ओबामाले प्रियंकालाई निमन्त्रणा पठाएका थिए । ओबामा प्रत्येक वर्ष ह्वाइट हाउसमा एउटा भव्य डिनर पार्टी गर्दै आइरहेका छन् ।


0 comments
Write Down Your Responses