बिरामीलाई निम्स खुवाएर १३ हजार ठग्ने यी हुन् खतरनाक डाक्टर ...!
बैशाख १९, २०७३
यी हुन् बिरामीलाई निम्स खुवाएर १३ हजार ठग्ने खतरनाक डाक्टर १
काठमाडौं – १० दिनअघि राजधानीको ठमेलस्थित एक होटलमा बसेकी जापानी बालिका एकाएक बिरामी परिन् । ती बालिका छट्पटाउन थालिन् । चिच्याउन थालिन् । एकछिन अघिसम्म सद्धे छोरी एकाएक चिच्याउन थालेपछि सँगै भएका बाबुआमा आत्तिए । हतारहतार होटलको रिसेप्सनमा खबर गरे ।
रिसेप्सनबाट कर्मचारी तुरुन्तै कोठमा पुगे । तर, छट्पटिएकी ती बालिकालाई अस्पताल लैजान उनले कुनै सक्रियता दिएनन् जवकी बालिकाका आफन्तले तुरुन्त अस्पताल लैजाने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।
बरु ती रिसेप्सनिष्टले अस्पताल लैजानभन्दा आफूले देशकै चर्चित डाक्टरलाई बोलाइदिने र त्यसरी आउने डाक्टर दक्ष , अनुभवी र सस्तो हुने बताइ।
उनले यतिमात्रै भनेनन् ‘अस्पताल लैजाँदा अनेकन झन्जट हुन्छ बेक्कारमा किन झन्नट बेहोर्नु, तपाईंलाई यही अस्पतालमा भन्दा छिटो र सस्तो उपचार हुन्छ, तपाईं भन्नुहुन्छ भने तुरुन्तै बोलाइदिन्छु ।’ बालिकाका बाबुआमा पनि छिटो र सस्तो उपचार होओस् भन्ने चाहन्थे । उनै रिसेप्सनिष्टको सुझाव अनुसार उनले डाक्टर मगाए, होटलमै ।
तत्कालै डाक्टर आए । सामान्य चेकजाँच गरेर औषधि खुवाए । खुवाइएको औषधि निम्सलगायतका सामान्य थिए । केही औषधी लेखिदिए पनि । तर, आफूलाई वीर अस्पतालको डाक्टर बताउने जी।के शर्माले जापानिजसँग चर्को रकम माग गरे । उनले निवासबाट आउन जान गरि ३० डलरसहित बाँकी उपचारको १०० डलर माग गरेको पीडित जापानी नागरिकले बताइन् ।
उनले सामान्य उपचार गरेको नै यति धेरै रकम माग गरेपछि ती जापानी नागरिकले यति धेरै रकम दिन नसक्ने र आफूलाई ठग्न खोजेको बताएपछि उनले उल्टै धम्की दिएका थिए ।
तर, पटक पटक नेपाल आइसकेका ती जापानी नागरिकले आफू प्रहरीमा जाने भन्दै कड्किएपछि डाक्टर हच्किएका थिए ।
जापानी प्रहरीकोमा गए ठगीको अभियोगमा पक्राउ पर्ने डरले उनी लचक हुँदै बार्गेनिङमा उत्रिएका थिए । तर, जापानी नागरिकले कुनै पनि हालतमा धेरै रकम दिन नमानेपछि उनी जम्मा २ हजार लिएर हतारहतार त्यहाँबाट निस्किएको बताइन्छ ।
ती जापानी नागरिकले भने, ‘म प्रहरीमा जान लागेपछि झण्डै नेपाली १३ हजारको बिलमा उसले २ हजार लिएर गयो ।
’ उनले आफू नेपालमै केही समय बस्ने भएकाले नाम नखुलाइदिन आग्रह गरे ।
नक्कली डाक्टरको आशंका
देशमा उपचारको नाममा नक्कली डाक्टरको विगविगि रहेको बेला उनी पनि नक्कली डाक्टर हुन सक्ने आशंका गरिएको छ ।
उनले आफूलाई वीर अस्पतालमा कार्यरत रहेको बताए पनि वीर अस्पतालले यस्तो नाम गरेको डाक्टर नभएको बताएको छ ।
यसरी नक्कली डाक्टरलाई होटलले कसरी बोलायो रु कतै यस्ता डाक्टरहरुको गिरोह त छैन रु शंका उत्पन्न भएको छ । यसबारे डाक्टर भनिएका जीके शर्मासँग पटक पटक सम्पर्क गर्दा उनको निवासको ४४१८६३९ नम्बरको फोन उठेन ।



0 comments
Write Down Your Responses