बीच सडकमै खुकुरी प्रहार
धरान / बीच सडकमै हतियारधारी युवाहरुले एक युवकमाथि आक्रमण गरेका छन् । धरान १५ बुढासुब्बा चौकमा हतियारसहित आएका युवाहरुले धरान ७ शुक्रपथका २१ बर्षीय दिपक राईमाथि खुकुरी प्रहार गरी घाइत बनाएका छन् ।
देव्रेकान र देव्रे पाखुरामा चोट लागेका उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा उपचार भइरहेको छ । घाइतेको अवस्था सुधार हुदै गएको प्रतिष्ठानका चिकित्सकले जानकारी दिएका छन् ।
दिउसो १ः ३० बजेको भएको घट्नापश्चात प्रहरीले राईमाथि खुकुरी प्रहार गरी फरार रहेकाहरुको खोजी कार्यलाई तिब्रता पार्ने क्रममा धरान प्रहरीले तीन जनालाई प्रक्राउ समेत गरेको छ । प्रक्राउ पर्नेमा धरान ८ का १७ बर्षीय सविन राई, १८ बर्षीय गणेश राई र धरान १४ का १८ बर्षीय विशाल मगरले प्रक्राउ गर्न सफल भएको छ । उनीहरु घट्ना घटाउने मुख्य दोषी रहेको प्रहरीको दाबी रहेको छ ।


0 comments
Write Down Your Responses