‘द विनर’ कार्यक्रममा कुर्सीमा बस्दा अप्ठ्यारोदेखि ‘रेस’को चर्चा

२०७३ वैशाख १९ गते काठमाण्डौको 

क्यूज हलमा भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘द विनर’को पोष्टर र एउटा गीत सार्वजनिक गरियो । सार्वजनिक कार्यक्रममा चलचित्रको सम्पूर्ण यूनिट नै उपस्थित थियो । अष्ट्रेलिया, यूएइ र नेपालमा छायांकन गरिएको यो चलचित्रमा मलिना जोशी, महेशमान श्रेष्ठ, रेशु तामाङ, राजकुमार पन्त, अमित गिरी, मचिन शाक्यको मुख्य भूमिका छ । हिक्मत बिष्टको निर्देशनमा तयार भएको यो चलचित्रमा श्रृजना शाह, विकास खरेलको लगानी छ । चलचित्रमा महेशमान श्रेष्ठको कथा, श्रेष्ठको साथमा रेशु तामाङको संवाद छ ।  चलचित्रको पत्रकार सम्मेलनमा केही रोचक दृश्यहरु देखिए ।
 केही दृश्यहरुलाई यहाँ बर्णन गरिएको छः

 १.अतिथीका लागि अगाडि राखिएको कुर्सीमा सबैजनालाई बस्न अप्ठ्यारो भयो । अग्लो कुर्सीमा बस्दा प्रमुख अतिथी विकास बोर्डका अध्यक्ष राजकुमार राइले अरुको साहारा लिनुपर्‍यो ।

 २. नायिका मलिना जोशीले पनि कुर्सीमा बस्न जानिन् । कुर्सी केही होचो बनाएर बसकेको भए सजिलो हुन्थ्यो । तर, बस्न नजान्दा मलिनाले पनि अरुको सहारा लिनुपर्‍यो । उनले धेरै पटक छेउमै रहेका पुरुष कलाकारको हात समातिन् ।

 ३. कार्यक्रममा पोष्टरको चर्चा भयो । सार्वजनिक पोष्टरलाई हलिउड चलचित्र ‘फास्ट एन्ड फ्यूरिएस’को जस्तो भन्दै कमेन्ट भयो । निर्देशकले भने आफूलाई ‘छ एकान छ’ जस्तो लागेको बताए । 

 ४. चलचित्रको टिजरको पनि चर्चा भयो । बलिउड चलचित्र ‘रेस’को जस्तो टिजर भन्दै कमेन्ट गरियो । नायिका जोशीले माइक समात्दै त्यो लेवलको चलचित्र बनाउन सकेको खण्डमा आफूहरु सफल हुने जवाफ दिइन् ।

 ५. नायिका जोशीले बालुवामा खाली खुट्टाले दौडन खुबै गाह्रो भएको बताइन् । चलचित्रको एक गीतमा लामो लेहेङ्गा लगाएर मलिना वालुवामा खुबै दौडिएकी छिन् । यसरी, नयाँ टिमले बनाएको चलचित्र ‘द विनर’को एक गीत र पोष्टर रिलिज गरियो । चलचित्रको गीत र टिजर केही स्टाइलिस्ट देखिएको छ । हेरौ, चलचित्र कति स्टाइलिस्ट छ ।

0 comments

Write Down Your Responses