यसकारण तपार्ईंको फेसबुक एकाउन्ट बन्द हुनसक्छ.


२०७३ बैशाख ३१ शुक्रबार

 एजेन्सीः तपाई नियमित फेसबुक चलाउनुहुन्छ ? तपाईको प्रोफाइलमा देखिएका तस्बिर तथा विभिन्न मनपर्ने स्टाटस पनि आफ्नो प्रोफाइलमा सेयर गर्नुहुन्छ होला । यदी त्यसो गर्नुहुन्छ भने सेयर गर्नेबेला तपाईले ध्यान पुर्‌याउनुपर्ने भएको छ । जथाभावी फेसबुकमा अपलोड भएका तस्बिर सेयर गर्नुभयो भने तपाईंको फेसबुक ब्लक हुन सक्छ ।

 फेसबुकमा अपलोड भएका आतंक मच्चाउने तस्बिर सेयर भएमा फेसबुकले ७२ घण्टासम्म एकाउन्ट बन्द गर्ने गरेको छ । एकाउन्ट बन्द हुन नदिन यि कुरा नगर्नुहोस् मानिसको गोप्य अंग देखिने तस्बिर पोस्ट गरेमा फेसबुकले तपाईंको एकाउन्ट आफैं बन्द गरिदिने गरेको छ ।

 त्यस्तै दुई सय भन्दा बढी ग्रुपमा जोडिने व्यक्तिको एकाउन्ट पनि फेसबुकले बन्द गर्दिने गरेको छ । व्यक्तिगत लान्छना लाग्ने तथा कुनै व्यक्ति वा समूदायलाई गाली गर्ने खालका पोस्ट तथा कमेन्ट गरेका पनि फेसबुक ब्लक हुनसक्छ । 

त्यस्तै तपाईंले एउटै म्यासेज तीन सय भन्दा बढी व्यक्तिलाई पठाउनुभयो वा तीनसय भन्दा बढी व्यक्तिको पेजमा सेयर गर्नुभयो भने पनि तपाईंको एकाउन्ट बन्द हुनसक्छ । त्यस्तै सम्बन्धन बिनाका विद्यालय, क्याम्पस तथा संस्था भएको थाहा भएका एकाउन्ट बन्द हुनसक्छ । 

 तपाईंले कसैलाई ‘पोक’ गर्नुहुन्छ भने ध्यान दिनुहोस् । धेरै मानिसलाई पोक गर्नुभयो भने एकाउन्ट बन्द हुनसक्छ । गैरकानुनी कुरा, हिसां बढाउने विषय पोस्ट गरेमा पनि एकाउन्ट बन्छ हुनसक्छ । त्यस्तै पाँचहजारभन्दा बढी साथी बनाउनुभयो भने पनि तपाईंको एकाउन्ट बन्द हुन्छ । 

 सामाजिक सञ्जालका रुपमा निकै कहलिएको फेसबुकले विस्तारलाई आफूलाई व्यवस्थित बनाउँदै प्रयोगकर्ताहरुलाई पनि निगरानी गर्न थालेको छ । 

त्यसैले आफ्नो एकाउन्टमा जथाभावी कुरा पोस्ट गरेमा ख्याल गर्नुहोस् तपाईंको एकाउन्ट नै बन्द हुनसक्छ ।

0 comments

Write Down Your Responses