भावना बुझ्ने प्रेमि–प्रेमिका नै सफल हुन्छ

वैशाख ३१, २०७३- 
 मोनालिसा पराजुली,मोडल/गायिका

 1.प्रेममा सकारात्मक पक्षलाई प्राथमिकता दिनुपर्छ ।

2.अरूको कामको टीका–टिप्पणी गर्ने बानी राम्रो होइन । यसले आफ्नै सम्बन्धमा प्रभाव पार्न सक्छ ।

  3. प्रेममा प्राप्तिको मोह मात्र होइन, त्यागको भावना पनि हुनुपर्छ ।
 प्रेममा बौद्धिक पक्षभन्दा भावनाको पक्षलाई बढि प्राथमिकता दिनुपर्छ ।

4.  प्रेममा विश्वास महत्वपूर्ण कुरा हो । यही कुरालाई ध्यान दिँदै प्रेमि–प्रेमिकाले एक–अर्काबीच विश्वासको वातावरण बनाउन सक्नुपर्छ ।

5. एक–अर्काको आँखाको इशारा बुझ्न सक्नुपर्छ । आँखाको भाकाबाटै धेरै कुरा पढ्न सक्नुपर्छ ।

6. एक–अर्काको भावना बुझ्न सक्ने प्रेमि–प्रेमिकाको प्रेम नै सफल हुन्छ ।

  7.प्रेमलाई दीर्घायु तथा सुमधुर बनाउन कहिलेकाहीं उपहार आदान–प्रदान गर्नु पनि आवश्यक छ ।

8. झट्ट सुन्दा प्रेम सरल लाग्छ तर गहिराइमा पुगेपछि मात्र यो महान् हो भन्ने बुझ्न सकिन्छ ।

9.  प्रेममा उच्छृंखला हुनु हुँदैन ।

10.  प्रेममा सरलताको पनि उत्तिकै ठूलो महत्व हुन्छ ।

0 comments

Write Down Your Responses