युवतिको सामुहिक बलात्कार पछि धारिलो हतियारले गुप्ताङ्ग काटेर छाडिएको अबस्थामा स्थानीयद्धारा उद्धार
![]() |
| Add caption |
दाङ, ३१ वैशाख : तुलसीपुरको कटहामा युवाहरुको समुहले एक युवतीलाई सामुहिक बलात्कार पछि धारिलो हतियारले गुप्ताङ्ग काटेर मरणासन्न अवस्थामा छाडेपछि युवतीलाई गाँउलेहरुले फेला पारेर राप्तीअञ्चल अस्पतालमा उपचारमा लगेका छन्। गुप्ताङ्गमा धारिलो हतियारले ठुलो चोट भएको हुँदा ९ स्थानमा टाँका लगाएको बाइएको छ ।
आफनतले दोषीलाई हदैसम्मको कारबाको माग गरेका छन् । विहीवार दाङमा पत्रकार सम्मेलनको आयोजना गरी पिडित परिवारले सामूहिक बलात्कार गर्ने दोषी पत्ता लगाई हदैसम्मको कारवाही गर्न माग गरेका हुन् । विज्ञप्तीमा गत वैशाख १५ गते अपरान्ह १० बजेतिर तुलसीपुर नगरपालिका वडा न–१३ निवासी खुमवहादुर वली सहित केहि व्यक्तिले युवतीको सामूहिक बलात्कार गरेका थिए । किटानी जाहेरीमा प्रहरी नियन्त्रणमा परेका तुनपा–१३ ठुली बस्ने खुमवहादुर वली विरुद्ध प्रहरीले हालसम्म पनि मुद्दा अगाडि नबढाएकोमा आपत्ति व्यक्ति गरेका छन् ।
उनीहरुले बलात्कार जस्तो जघन्य केशलार्इ ईलाका प्रहरी कार्यालय तुलसीपुरले सामान्यकरण गरेको आरोप लगाउँदै उचित न्याय दिलाइदिन सम्पूर्ण राजनैतिक दल, मानवअधिकारवादी, नागरिक समाज र पत्रकारसँग अपिल गरेका छन्।



0 comments
Write Down Your Responses