राज्यको चौथो अंगमाथि ‘गड एन्जल’को कुदृष्टि प्रहरीको आडमा प्रेस स्वतन्त्रतामाथि दमन
कुनै समय यस्तो थियो, जतिखेर ओमनन्द भनेपछि ठूलै चर्चा हुने गथ्र्यो । धेरै कुरा सकारात्मकझैँ लाग्थे । समयक्रमसँगै नकारात्मक कुराहरु क्रमशः बाहिर आउन थाले ।
‘बाल तपस्वी, गड एन्जल, किरात धर्म गुरु, सत्गुरु ओमनन्द, स्वर्गीक दुत, सुप्रिम मास्टर गड एन्जल भनेको एउटै चिज हो र त्यो चिज कुनै भगवान होइन, उदयपुर मैनामैनीको हामीजस्तै मान्छे हो र उसको नाम भक्तकुमार राई हो ।’
‘त्यही भक्तकुमारले आफूलाई भगवान भन्दै हिँडेको, नदिको पानीबीचमा तपस्या गर्दा सर्वसाधारणको आँखा छलेको, उड्दैछु भनेर नसकेपछि बहाना बनाएर भागेको, नुहाईदिन लुगा लगाईदिन अविवाहित कन्या चाहिने, छोरी चेलीहरुप्रति अनैतिक व्यवहार गर्ने गरेको, फोटो स्टुडियोमा देवताको अभिनयमा फोटो खिचाएर देवताको स्वरुप दिन लगाएको, मौलिक किरात संस्कारलाई तोडमोड गरेको’ आदी चर्चाहरु सुनिन थाले ।
पहिलो र दोस्रो पुस्तिकासम्म आइपग्दा भक्तकुमारका गलत क्रियाकलाप छताछुल्ल भइसकेका छन् । उनका कतिपय अन्धभक्तहरुमा समेत गडएन्जल मिथ्या हो, उनीद्वारा प्रदिपादित भनिएको प्रेमवाद न धर्म हो न दर्शन, भक्तकुमार भगवान होइनन् मान्छे हुन्, चामत्कारिक होइनन् भन्ने सचेतना आइसकेको छ ।
भुक्तभोगीहरु पनि थुप्रै भेटिए तर संकोच वा त्रासले हुनसक्छ, कसैले मुख खोल्न सकेका थिएनन् । छल र झुट धेरै दिन टिक्दैनथ्यो ।
एक न एकदिन सत्य बाहिर आउनु नै थियो । यो साहस गरे लेखक तथा पत्रकार भद्रगोल किराती (मनोज कुमार राई) ले । गड एन्जलका सारा कर्तुतलाई सप्रमाण संकलन गरेर ‘ठग ओमनन्द (गड एन्जल)’ नामक पुस्तिका सार्वजनिक गरे ।
त्यसपछि कथित गड एन्जलका अनुयायीहरुभित्र र बाहिर हल्लीखल्ली भयो । यहीबाट परिघटना विकास हुँदै जाँदा पुस्तक लेखक किराती अहिले साइबर क्राइमको आरोपमा प्रहरी हिरासतमा छन् ।
पत्रकार नियन्त्रणको सिलसिला
पहिलो पुस्तिका सार्वजनिक भएसँगै तरंगित भएको एन्जलवृत्तले अनेक प्रश्न उठाएपछि ती प्रश्नको पुरक उत्तरका रुपमा किरातीले अर्को पुस्तक बजारमा ल्याएका छन्– ‘गड होईन ठग एन्जल ।’ पुस्तक विमोचनको पुर्व सन्ध्यामा बैशाख २४ गते टेकु प्रहरीले उनलाई केही बझ्नु छ भनि बोलाएर नियन्त्रणमा लिएको थियो ।
२ दिनभित्र सम्पर्कमा आउने गरी छाडिएका उनलाई तोकिएकै समयमा कार्यालयमा पुग्दा वैशाख २६ गते पुनः नियन्त्रणमा लिइएको छ । काठमाण्डौ जिल्ला अदालतले थप ५ दिनको म्याद थमाएकाले उनी हाल हिरासतमै छन् ।
किराती काठमाण्डौवाट प्रकाशित हुँदै आएको गाउँले मासिकका प्रधानसम्पादक हुन् । उनी किरात राई पत्रकार संघका संस्थापक सदस्य तथा पूर्व महासचिव समेत हुन् ।
पहिलो पटक धम्कीपूर्ण भाषामा कार्यालयमा बोलाएर नियन्त्रणमा लिई दोस्रो पटक पनि प्रहरीले उनलाई नियमित सम्पर्कमा बोलाएर छलपूर्वक नियन्त्रणमा लिएको देखिन्छ ।
तर पत्रकार नियन्त्रणको सिलसिला यतिमै सीमित हुने देखिन्न ।
किरातीको साहसको खुलेर प्रशंसा गर्दै किरात संस्कारलाई बिटुल्याउने गड एन्जलका कर्तुतबारे सामाजिक सञ्जालमा आफ्ना धारणा राख्ने अन्य पत्रकारलाई समेत नियन्त्रणमा लिने तयारीमा प्रहरी रहेको बुझिएको छ । स्रोतका अनुसार इलाम निवासी हेन्खामा हाङिखम र प्रेमकुमार राईले भद्रगोल किरातीसँगै अन्य सक्रिय केही पत्रकारका नाममा समेत उजुरी दिएका छन् ।
गड एन्जलको पर्दाफास गरिएको पुस्तक बजारमा आएदेखि नै समाचार र धारणा सार्वजनिक गर्दै आएका ती पत्रकारहरुलाई अनुयायीहरुवाट भौतिक आक्रमणको धम्की समेत आउने गरेको छ । पीडितका अनुसार किराती वा कसैले पनि सामाजिक सञ्जालमा साइबर अपराध हुनेगरी अभिव्यक्ति नदिएको तर एन्जलहरुले आफ्ना चेलाहरुलाई थमथमाउन मात्र भएपनि पक्राउका लागि प्रहरीलाई बाध्य पारेकाछन् । पत्रकारहरुलाई नियतवश मुछेर पक्राउ गर्न हदैसम्मको दबाब प्रहरीलाई दिँदै आएका छन् ।
‘आफूलाई किरात धर्म गुरु र भगवानको रुपमा प्रस्तुत गरी किरात समुदायको मौलिक धर्म, संस्कृति र सस्कारको अपव्याख्या गर्दै किरातीहरुको पहिचानविरुद्ध बिल्कुल नयाँ र छुट्टै किरात धर्मको व्याख्या गर्दै अभियान चलाउने, समाजलाई विभाजित गर्ने र सामाजिक वितृष्णा फैलाउने काम कथित धर्मगुरु ओमनन्दले गर्दै आएका छन् ।
टेकु प्रहरी स्रोतका अनुसार अनुयायीहरुको चर्को दबाबकै कारण भद्रगोल किरातीलाई नियन्त्रणमा लिनुपरेको हो । यसअघि पनि विभिन्न अनलाइनलगायतका सञ्चारमाध्यममा समाचार लेख्नेका पत्रकारहरुलाई पनि ‘कथित’ धर्मगुरुका अनुयायीहरुले भौतिक आक्रमणको धम्की दिँदै आएका थिए ।
मुलुकको चौथो अंगका रुपमा रहेको सञ्चारमाथि नै ओमनन्दको कुदृष्टि बढ्दै गएपछि पत्रकारसम्बद्ध संघसंगठनले उनीविरुद्ध बोल्न थालेका छन् ।
किरात राई पत्रकार संघ केन्द्रिय समिति र उदयपुर जिल्ला कार्यसमितिले विज्ञप्ति प्रकाशित गरी पत्रकार किरातीलाई निसर्त रिहा गर्न र पुस्तिकामार्फत सार्वजनिक भएका कथित गड एन्जलका क्रियाकलापको छानबिन गर्न राज्यसमक्ष माग गरेकाछन् ।
विज्ञप्तिमा भनिएको छ– ‘आफूलाई किरात धर्म गुरु र भगवानको रुपमा प्रस्तुत गरी किरात समुदायको मौलिक धर्म, संस्कृति र सस्कारहरुको अपव्याख्या गर्दै किरातीहरुको पहिचानविरुद्ध बिल्कुल नयाँ र छुट्टै किरात धर्मको व्याख्या गर्दै अभियान चलाउने, समाजलाई विभाजित गर्ने र सामाजिक वितृष्णा फैलाउने काम कथित धर्मगुरु ओमनन्दले गर्दै आएका छन् ।
पुस्तिकामार्फत सत्यतथ्य सार्वजनिक गर्दा पत्रकार किरातीलाई राज्यले नियन्त्रणमा लिएको घटनाप्रति संघको तर्फबाट गम्भीर आपत्ति प्रकट गर्दै उनलाई तत्काल विनासर्त रिहा गर्न सरकारसँग जोडदार माग गर्दछौ ।’
किरातीको पक्राउ र अरु सक्रिय पत्रकार पनि पक्राउको लिष्टमा रहेको खुलेपछि किरात राई लेखक संघ, आदीवासी जनजाति पत्रकार महासँघ (फोनिज) लगायत सञ्चारसम्बद्ध संगठनले गम्भिर छलफलमा जुटेको जनाएका छन् ।
भक्तकुमार माओवादी जनयुद्धका भगौडा छापामार हुन् । जनयुद्धमा टिक्न नसकेर भागेपछि उनी सेना र प्रहरीको शरणमा मात्र पुगेनन् माओवादी छापामार विरुद्ध सुराकी नै बने । त्यहिबेला सेना र प्रहरीलाई गुन लगाएका उनले अहिले पनि उनीहरुको माया पाइरहेका हुनसक्छन् । भक्तकुमार कुनैपनि बेला हामीलाई चाहिन सक्छ भन्ने हिसाब किताब सुरक्षा निकायले राखेको हुनसक्छ ।
उजुरीमा नाम उल्लेख भएका पत्रकार कार्यरत जिल्लाका नेपाल पत्रकार महासंघ लगायत सञ्चार सम्बद्ध संगठनहरुले यस विषयलाई गम्भिरतापूर्वक लिई छलफल अघि बढाएको जनाएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिमा समेत रिपोर्टिङ भइसकेको जनाइएको छ । पत्रकारहरुमाथि अनुयायीहरुको असहिष्णुता र दमनको आशय स्पष्ट भएपछि गडएन्जलको सञ्चार क्षेत्रलाई हेर्ने दृष्टिकोण के हो भन्ने विषयमाथि महासंघमा प्राथमिकताका साथ छलफल शुरु भएको बुझिएको छ ।
आफ्नो कार्यक्षेत्रमा क्रियाशील पत्रकारहरुलाई सामाजिक सञ्जालमा आफ्नो दृष्टिकोण पोष्ट गरेकै आधारमा साइबर अपराध वा जुनसुकै बहानामा गिरफ्तार गर्ने गराउने र मानसिक यातना दिने कार्य मानव अधिकारको सिद्धान्त विपरीत रहेको ती संस्थाहरुले जनाएका छन् । यो कदम समाजसँग सरोकार राख्ने कुनै पनि विषयमा समाचार लेख्न पाउने तथा पुस्तक/पुस्तिकामार्फत कुनै पनि विषयमा कुनै पनि व्यक्तिले आफ्नो विचार प्रस्तुत गर्न पाउने संवैधानिक प्रेस स्वतन्त्रताको हक विपरीत रहेकाले संविधानको बर्खिलाप हुने कार्य तुरुन्त बन्द गर्न गराउन संगठनहरुको माग छ ।
भद्रगोल किरातीजस्तै अन्य पत्रकारलाई पनि बिनाआधार नियन्त्रणमा नलिन, आफ्नो स्वार्थ पूर्तिका लागि सञ्चार क्षेत्रलाई निशाना नबनाउन र ‘कथित’ गड एन्जलको विरुद्ध प्रेस स्वतन्त्रताको पक्षमा आन्दोलनमा उत्रन बाध्य नपार्न ती संस्थाहरुले खबरदारी गरेका छन् ।
के हुनसक्छ गड एन्जलप्रति प्रहरी कृपादृष्टिको कारण ?
पहिलो र दोस्रो पुस्तिकासम्म आइपग्दा भक्तकुमारका गलत क्रियाकलाप छताछुल्ल भइसकेका छन् । उनका कतिपय अन्धभक्तमा समेत गडएन्जल मिथ्या हो, उनीद्वारा प्रदिपादित भनिएको प्रेमवाद न धर्म हो न दर्शन, भक्तकुमार भगवान होइनन् मान्छे हुन्, चामत्कारिक होइनन् भन्ने सचेतना आइसकेको छ ।
जसले उनका अनुयायीहरु विस्तारै घट्दै गएका मात्र होइनन् कार्यालयहरु बन्द हुँदै गएको मिडियामा सार्वजनिक भइरहेका छन् । यसरी ओरालो लागेको हरिणलाई प्रहरीका ठूला हाकिमहरुले भने किन जोगाउन लागिपरेको छ त ? सबैको प्रश्न यही छ ।
यसरी ओरालो लागेको हरिणलाई प्रहरीका ठूला हाकिमहरुले भने किन जोगाउन लागिपरेको छ त ? सबैको प्रश्न यही छ ।
भक्तकुमार माओवादी जनयुद्धका भगौडा छापामार हुन् । जनयुद्धमा टिक्न नसकेर भागेपछि उनी सेना र प्रहरीको शरणमा मात्र पुगेनन् माओवादी छापामार विबरुद्ध सुराकी नै बने । त्यहिबेला सेना र प्रहरीलाई गुन लगाएका उनले अहिले पनि उनीहरुको माया पाइरहेका हुनसक्छन् । भक्तकुमार कुनैपनि बेला हामीलाई चाहिन सक्छ भन्ने हिसाब किताब सुरक्षा निकायले राखेको हुनसक्छ ।
यसबीचमा भक्तकुमारले अन्धभक्त नै किन नहोस, देश विदेशमा थुप्रै अनुयायी तयार गरिसकेको भन्ने सुरक्षा संयन्त्रको हिसाव किताव हुनसक्छ । त्यसैले अहिले भक्तकुमारलाई केही भइहालेमा वा गरिहालेमा वा अनुयायीहरुले चाहे झैँ नगरेमा अशान्ति उत्पन्न हुने आँकलन सुरक्षा निकायले गरेको हुनसक्छ । तर अन्धभक्तहरुको जयजयकारको बालुवामाथि उभिएको भक्तकुमारलाई जोगाउन लाग्नु तर भक्तकुमारको दबाबमा पत्रकारहरुलाई भने नियन्त्रणमा लिने शैली अपनाएर सुरक्षा निकायले किन उल्टो काम गरेको होला ? प्रश्न टड्कारो बनेको छ ।
प्रहरी प्रशासन र राज्यलाई कालान्तरमा कसको खाँचो पर्छ ? सञ्चार जगत कि कथित धर्मगुरु ओमनन्दको ? राज्यलाई प्राथमिकताको पाठ कसले पढाउने ?


0 comments
Write Down Your Responses