अन्तवार्ता लिदालिँदै धमला बिरामी
२०७३ बैशाख ३०
काठमाडौं: रिपोर्टस क्लब नेपालका अध्यक्ष तथा पत्रकार ऋषि धमला एक टेलिभिजनका लागि अन्तवार्ता लिँदालिँदै बिरामी भएका छन् ।
बिरामी धमलालाई अहिले अस्पताल भर्ना गरिएको छ ।
टेलिभिजनको कार्यक्रमका लागि अन्र्तवार्ता लिइरहेका धमलालाई मुटुसम्बन्धी समस्या देखापरेपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
धमलाको नर्भिक अस्पताल थापाथलीमा उपचार हुँदैछ ।
धमलाको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारले बताएका छन् ।
उनलाई हृदयघातको जस्तो लक्ष्यण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।


0 comments
Write Down Your Responses