ल्याङ ल्याङ भो बजारमा

२०७३ बैशाख ३० बिहीवार
 इटहरीः कलाकार तुलसी घिमिरेले आफ्नै स्वरमा रहेको कमेडी म्युजिक भिडियो ‘ल्याङ ल्याङ भो’ सार्वजनिक गरेका छन् । काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिएको भिडियोमा नीरू खड्का, सागर विष्ट, राजु कमेडी र घिमिरे आफैंले पनि अभिनय गरेका छन् ।
 इटहरीमा रहेको पाथीभरा एडभरटाइजिङले प्रवद्र्धन गरेको गीतको शब्द र संगीत बलराम समाल तथा भिडियोको निर्देशन सत्यराज चौलागाईंले गरेका छन् । सुनसरीको खनारनिवासी घिमिरे पाँच वर्षदेखि कला क्षेत्रमा सक्रिय छन् । उनले स्थानीय एरिना र मकालु टेलिभिजनमा प्रसारण हुने विभिन्न हास्य टेलिशृंखला निर्देशन पनि गरेका थिए ।

0 comments

Write Down Your Responses