भारतीय सीमामा आक्रोशित हुँदै चीनले सैनिक बढाएपछि अमेरिका चिन्तित..................
२०७३ जेष्ठ ३ सोमबार
चीनले भारतसँग जोडिएका सीमामा अचानक सैन्य बल बढाएपछि अमेरिकाले चिन्ता जनाएको छ । उसले पाकिस्तानमा चीनको बढ्दो सैन्य उपस्थितीलाई पनि चिन्ताको विषय भनेको छ ।
अमेरिकासँग नजिक मानिएको पाकिस्तान पछिल्लो समय चीनसँग नजिकिन थालेको छ । त्यसकारण अमेरिकाले चिन्ता जनाएको हो ।
अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनका उप रक्षामन्त्री अब्राहम एम डेनमार्कले मन्त्रालयमै आयोजिक पत्रकार सम्मेलनमा भने– ‘हामीले भारतको सीमा नजिकका इलाकामा चिनियाँ सेनाको क्षमता र बलमा भारी वृद्धि भएको जानकारी पाएका छौं । यसमा चीनको वास्तविक स्वार्थ के हो ? के चाहन्छ ? त्यो पत्ता लगाउन गाह्रो छ र यो चिन्ताको विषय हो ।
’
तिब्बतमा सैन्य कमाण्डको स्तर बढाइएको प्रश्नमा डेनमार्कले भने– ‘यो भन्न मुश्कील छ कि यसमा कति आन्तरिक स्थिरता राख्ने उद्देश्य हो वा छिमेकीमाथि दबाब बढाउने उद्देश्य कति हो ?’
उनले भर्खरै अमेरिकी रक्षामन्त्री एशटन कार्टरले भारतको भ्रमण गरेको स्मरण गर्दै उक्त भ्रमणले दुई देशको सम्बन्धलाई निकै सकारात्मक बनाएको र अमेरिका र भारत मिलेर अगाडि बढ्ने बताए । यो यात्रा चीनविरुद्ध नभएको उनले स्पष्ट पारे ।
अमेरिकी रक्षा मन्त्रालयले खासगरी पाकिस्तानमा आर्मी बेस स्थापित गर्ने र भारतीय सीमामा चिनियाँ सेना बढाउने चीनको कदमप्रति चिन्ता जनाएको हो । रक्षा उपमन्त्री डेनमार्कले भने– पाकिस्तानका साथै चीनको दोस्ती सम्बन्ध सामरिक हितमा एक समान छ र उनको(चीन) निशाना कुनै एक छिमेकी हुनसक्छ ।


0 comments
Write Down Your Responses