यौन व्यापारको फिल्ममा अनुपम र फ्रीडा पिंटो

लसएञ्जलस । प्रसिद्ध अभिनेत्री फ्रीडा पिंटो र अभिनेता अनुपम खेर यौन व्यापारको कथामा बन्न लागेको फिल्म ‘लव सोनिया’मा अभिनय गर्ने भएका छन् । फिल्म ‘स्लम डग मिलिनेयर’का निर्माता तबरेज नूरानीले निर्देशकका रुपमा करियर शुरुआत गर्दैछन् । यो फिल्म एक भारतीय ग्रामीण युवती सोनियाको बहादुरीको कथामा आधारित छ । 
जसको जीवन अचानक परिवर्तन हुन्छ । सोनियालाई अन्तर्राष्ट्रिय यौन व्यापारको जालमा फसेको कथामा देखाइएको छ । अनुपम खेरले ट्विटर गर्दै लेखेको छन्, ‘तबरेज नूरानीको महत्वकांक्षी अन्तरर्राष्ट्रिय फिल्म ‘लव सोनिया’को भाग बनेकोमा खुशी र गर्वको अनुभव भइरहेको छ ।’ डेडलाइनको समाचारअनुसार फिल्मको मुख्य भूमिका नयाँ कलाकार मृणाल ठाकुरले निभाउने छिन् ।
 अन्य भूमिकामा अमेरिकी अभिनेता पाल डानो, मनोज बाजपेयी, रिचा चड्ढा, आदिल हुसैन, राजकुमार राव तथा साई ताम्हनकर रहनेछन् । नूरानीले यो फिल्मको पटकथा तयार पार्न थुप्रै वर्ष लगाएको बताएका छन् । उनले भारत र हङ्कङका गैरसरकारी संगठनहरूसँग मिलेर महिलाहरूको बचाउ कार्यमा समेत संलग्न रहेको बताए । – एजेन्सी

0 comments

Write Down Your Responses