याङवारक तथा हिल्लीहाङ – छोटो टिप्पणी-–मच्छिन्द्र योङहाङ नागी–८, चित्यक

 गुराँसको राजधानीको प्रवेशद्धार बसन्तपुरमा सनिबार बाट लालीगुराँस गोल्ड कप हुदै ।। कुलुङ भाषामा अध्यापन याङवारक तथा हिल्लीहाङ – छोटो टिप्पणी-–मच्छिन्द्र योङहाङ नागी–८, चित्यक २५ बर्ष अघि गुमेको अरुण तेस्रो ल्याउने प्रतिवद्धता समाजसेवीको लगानीमा निर्मित भवन बिद्यालयलाई हस्तान्तरण ।। साहित्य > याङवारक तथा हिल्लीहाङ – छोटो टिप्पणी-–मच्छिन्द्र योङहाङ नागी–८, चित्यक याङवारक तथा हिल्लीहाङ – छोटो टिप्पणी-–मच्छिन्द्र योङहाङ नागी–८, चित्यक By limbu on April 23, 2016 4 shares Share Hilihang final.cdrकरिब तीन सय बर्ष अगाडि याङवारक, हस्तपुर गढ हिल्लीहाङ यङहाङले अपुङ्गी राज्य चलाइरहेका थिए । आपुङ्गी लिम्बु राज्यहरु मध्ये हिल्लीहाङ अत्यन्त पHilihang final.cdrrराक्रमी सुर, वीर र अभिमानी राज्य थिए । आफ्नो जीवनकाल भर सामाजिक साम्राज्यवादी पृथ्वीनारायण शाहको गोरखाली सेनासँग लिम्बुवान स्वाधीनताको निम्ति लडाई गर्दा गर्दै जीवन अर्पण गर्नु पर्यो । तिनताक यकवरक थुम (याङवरक) अन्तर्गत पर्ने हाङयकपुङ (हस्तपुर) यक भनिने हाल पान्थर जिल्ला अन्तर्गत नागी, अमरपुर, पञ्चमी गा.वि.स.को त्रिकोणात्मक संगम स्थल प्राकृतिक सौन्दर्यले सिंगारेको अत्यन्त सुन्दर स्थल हस्तपुर यकमा हिल्लीहाङ दरबारको अवशेष अधावधि छँदैछ । तर यो मुलुकको साँस्कृतिक, भाषिक, धार्मिक तथा ऐतिहासिक एकाधिकार नीतिकार नीतिले गर्दा संरक्षण, सम्बद्र्धन नपाई मुलुकको अमूल्य सम्पत्ति भएर पनि लथालिङ्ग अवस्थामा आफ्नो अतीत गाथा गाउँदै रोइरहेको छ ।
  विजयपुरको राजा कामदत्तसेनको पालामा हिल्लीहाङको बाजे पायोङहाङ उङहाङको मुहाङकेप आङबुहाङ माथि चढाई गरी दलबल जमाई हस्तपुर यक आफ्नो कब्जामा लिएका थिए । आङबुहाङ राजाका सन्तान भागी एक भाइ आठराई हाङपाङ गएर बस्यो भने एक भाइ मिङस्रा बदलेर थेचङबोमा मेनयाङबो भएर बसे । हस्तपुर यक पढाई गर्नु अघि पायोहाङ च्याङथापुको “चाङधुङवो” गढमा राज्य गरी बसेका थिए ।
  हाल चाङधुङवो यकको अवशेष पनि छँदैछ । हिल्लीहाङको पालामा गोरखा सेनाले खम्बुवान हात लिइसकेपछि अरुण वारि लिम्बुवान माथि चढाई गरे । यस बेला लिम्बुवान प्रदेशमा निम्न लिम्बुहरुले निम्न गढहरुमा बसी आपुङ्गी राज्य चलाई रहेका थिए । १. हिल्लीहाङ यङहाङ राय- याङवरक २. आसदेव राय- चारखोला ३. जसमुखी राय छथर ४. श्रीदेव राय- मैवाखोला ५. रैनसिंह राय- मेवाखोला ६. शुभन्त राय- तमोरखोला ७. आतहाङ राय- फेदाप ८. जमुन राय- चौबिस ९. फुङ राय- पान्थर १०. श्रीजङ राय- आठराई ११. बुद्धकर्ण सेन राय- विजयपुरका मन्त्री भिए ।
      गोरखा सेना अगाडि बढ्दै आएर लिम्बुवान फेदाप प्रदेश माथि आक्रमण गरे । तर फेदापका आतहाङ राजा, तमोरखोलाका शुभन्त राजा, मैवाखोलाका श्रीदेव राजा, फागो र मेवा खोलाका रैनसिंह राजाहरुले गोरखा फौज समक्ष शरण परे । जसले गर्दा गोरखा सेनालाई अगाडि बढ्ने राम्रो अवसर मिल्यो । सर्वप्रथ चैनपुरमा किराती सेना र गोरखा सेना बीच घमासान युद्ध भयो ।
   लडाईमा पराजित भई चैनपुरका जलमुखी राजा भागी सिक्कम पसे । छथर, याङवरक र चार खोलाका सुनुहाङ, हिल्लीहाङ र आसदेव राजाहरु भने आ–आफ्ना गढमा बसी गोरखा सेना विरुद्ध संग्राम गरी कैयौं पटक आफ्नो किरात प्रदेशबाछ लखेटे । यी राजाहरुले सिक्किमका लाप्चे, भाटे फौजहरुको सहयाता लिई गोरखा फौज विरुद्ध हमला गरी बसे । यी राजाहरुले तिब्बतको फारोजो ङमा चिनियाँ राजप्रतिनिधि तुङथाङसँग पनि गोरखा विरुद्ध सहायता माग्न पुगे । यस सम्बन्धमा चीनियाँ अफिसर चि–था–ला–इ ले सिक्किमका अफिसर र हिल्लीहाङ यङहाङ, सुनुहाङ, आसदेव राजाहरुलाई लेखेको पत्रमा निम्न लिखित खबर दिई गोरखासित लडाई गर्न, अग्रसर हुनु भन्ने साहस दिलाएको थियो ।
 उप्रान्त किराती राजाहरु मध्ये आसदेव राजा, जसमुखी राजा, हिल्लीहाङ र सुनुहाङ राजाहरुले आफ्ना राजदुतलाई वि.के. जोङ बाट चीनियाँ राजप्रतिनिधिका अड्डा फाटोजोङमा पठाई आफूहरुले गोरखा सेनासँग भयानक युद्ध गरी ती शत्रुहरुलाई आफ्नो देशबाट टाढासम्म लखेटेका तर पछिबाट आफ्नो हातहतियारको अभाव हुन जाँदा देश अरिहस्त लागेको खबर पठाएको र तिनीहरुले हातहतियाको मद्धतको लागि पनि एक निवेदन पत्र चढाएकोमा चीनियाँ राजप्रतिनिधि श्रीमान होसी तुङयाङ किराती राजाहरुको यस्तो साहस र उत्साह देखी औधी खुशी भएका छन् ।
    उनले किरातीहरुको निमित्त २५ मन बारुद र १२.५ मन सिसाको मद्धत दिएका छन् । दुइवटा तोप र बन्दुक, खुँडा, तरवारहरु अधावदि छँदैछन् । उता गोरखा सेनाका अफिसर दामोदर पाण्डेले पूर्व किरातका याङवरक् र च्याङ्थापुमा गोर्खाको पूर्व साँध बाँधी सेना दक्षिण Hilihang final.cdrतर्फ फर्काए । आठराईका श्रीजङ राजा, चौविसका जमुना राजा र पान्थरका श्रीफुङ राजा गोरखा सेनामा सामेल भए । विजयपुरमा किराती र गोरखा सेना बीच घमाशान युद्ध मच्चियो । जुन लडाईमा बुद्धकर्ण राजालाई पक्री मारियो । सम्वत् १८३० सालतिर याङवरक, चारखोला, चैनपुर र छथरका राजाहरु हिल्लीहाङ, आसदेव, सुनुहाङ र जलमुखी राजाहरुले सिक्किमको भोटे र लाप्चा फौजहरुको सहायता पाई च्याङ्थापुमा अड्डा जमाई बस्ने गोरखा सेनाहरुलाई लखेट्दै लगी चैनपुर किल्ला बाँधे । सन १६७० तिर सिक्कमको राजा तेन सोन नाम्ग्याल भए । उनको तीनवटी रानी मध्ये लिम्बुवानी की राजा पायोङहाङ यङहाङकी छोरी राजकुमारी थुङवा युक्मालाई कान्छी रानीको रुपमा विवाह गरेका थिए ।
    थुङवा युक्मा हिल्लीहाङकी फुपु थिइन् । यिनै लिम्बुनी रानीको दरबार निर्माण गरेर सङखिम नाम राखे । लिम्बुभाषा “सङखिम” को अर्थ नयाँ घर हुन्छ । यही “सङखिम” दरबार अपभ्रंश भएर कालान्तरमा आएर देशको नाम नै सुक्खिम हुन पुग्यो ।
यसरी यङहाङ वंश र सिक्किमे लाप्चे, भोटेसँग कुटुम्बेरी सम्बन्ध राम्रो भएको नाताले गोरखा विरुद्ध लड्न हिल्लीहाङले दह्रो सहयोग पाएको थियो । याङवरकका राजा हिल्लीहाङ, चारखोलाको राजा आसदेव, छथरका राजा सुनुहाङ र चैनपुरका राजा जसमुखी बारेक अन्य सबै लिम्बुवानका राजाहरु सम्वत् १८४० सम्ममा गोर्खा राज्यमा बिलीन भइसकेका थिए । माथि उल्लेखित चार राजाहरु भने आफ्नो राष्ट्र, राष्ट्रियताको निम्ति अन्तिम प्राण रहुञ्जेल लडी बसे । यी राजाहरुले १७ (सत्र) पटक सम्म गोरखा फौजहरुलाई लिम्बुवान मुलुकबाट लखेटेकाले यिनीहरुलाई १७ जिते किराती पनि भन्छन् । राष्ट्रिय ऐतिहसिक पृष्ठभूमिमा किरात वंशको स्थान उच्च छ । तर नेपालको राष्ट्रिय इतिहास यथार्थवादी तरिकाबाट खोजी गरेर लेख्नुपर्ने बाँकी नै छ ।
    आफ्नो इतिहास आफै खोजेर लेख्नुपर्छ । अरु क सैबाट लेखिएको इतिहास वास्तविकताबाट टाढिएको छ । हिल्लीहाङ, आसदेव, सुनुहाङ र जसमुखी राजाले लिम्बुवान किरात प्रदेशको स्वतन्त्रता, सार्वभौमिकताको लागि वीरताको साथ गोर्खा फौज विरुद्ध आफ्नो रगत र सिंगो शरीर नै दिएर लिम्बुवानको गौरवमय इतिहास तथा मौलिक पहिचान कहिल्यै नमेटिने गरी राखे । आज प्रत्येक लिम्बु समुदायले यी चार राजाहरुलाई भुल्न हुन्न । ती वीरहरुको गाथा खोज अन्वेषण गरी इतिहासमा सुनौलो अक्षरले लेख्नु बाँकी छ र लेखिनु पर्नेछ ।

0 comments

Write Down Your Responses