चीनको विरोधपछि अन्तत: झुक्यो भारत

२०७३ बैशाख १३
 
२०७३ बैशाख १३ सोमबार
२०७३ बैशाख १३ सोमबार
२०७३ बैशाख १३ सोमबार

२०७३ बैशाख १३ सोमबार
२०७३ बैशाख १३ सोमबार
२०७३ बैशाख १३ सोमबार
२०७३ बैशाख १३
२०७३ बैशाख १३ सोमबार
२०७३ बैशाख १३ सोमबार
२०७३ बैशाख १३ सोमबार
काठमाडौं: चीनले कडा विरोध जनाएपछि भारतले चीनको उइगर समुदायका विद्रोही नेता डोल्कुन ईसाको भिसा रद्द गरिदिएको छ । एक आतंकवादीविरुद्ध इन्टरपोलबाट पनि नोटिश जारी गरिएका एक आतंकवादीलाई भिसा दिएको भन्दै चीनले कडा आपत्ति जनाएको एक दिनमै भारतले ती विद्रोही नेताको भिसार रद्द गरेको हो ।
 चीनले डोल्कुनलाई आतंकवादी भएको बताउँदै उनलाई पक्रेर कानुको जिम्मेवारी लगाउनु सबैको साझा दायित्व भएको बताउँदै भिसा दिने कदमप्रति आक्रोश पोखेपछि भारत आफ्नो निर्णयबाट पछि हटेको हो । भारतले आफ्नो भिसा रद्द गरिदिएपछि डोल्कुन ईसाले पनि निराशा व्यक्त गरेका छन् । जर्मनीमा रहँदै आएका विश्व उइगर कांग्रेस (डब्लुयुसी) का नेताडोल्कुन ईसालाई भारतको धर्मशालामा हुने एक सम्मेलनमा भाग लिनका लागि भारतले भिसा दिएको थियो । 
 अमेरिकी संगठन 'इनसटिभ्स फर चाइना' ले यो सम्मेलन आयोजना गरेको हो । यसमा उइगर समुदाय समेत चीन सरकारविरुद्ध आवाज उठाइरहेका अन्य नेताहरु पनि सहभागी हुने सम्भावना छ । पछिल्लो पटक आतंकवादी संगठन जैस ए मोहम्मदका प्रमुख मसुद अजहरमाथि संयुक्त राष्ट्रसंघमा प्रतिबन्ध लगाउने भारतको प्रयासमा चीनले भिटो प्रयोग गरेर झट्का दिएको थियो । 

मसुदलाई भारतले मुम्बई हमलाका मूख्य योजनाकार मान्दै आएको छ । चीनको यही कदमको जबाफमा भारतले विद्रोही चिनियाँ नेतालाई भारत आउने भिसा दिएको थियो । भारतको यो निर्णयपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले लिखित जबाफमा भने, 'मलाई अहिल्यै यसबारेमा कुनै जानकारी आइसकेको छैन ।' विदेश प्रवक्ताले डोल्कुसहित उनको संगठनका नेतालाई यसै महिनाको अन्तिममा धर्मशालमा दलाई लामासँग भेट्ने अनुमति भारतले दिएको बारेमा जानकारी माग्दा कुनै प्रतिक्रिया दिएनन् । '

म यति भन्न चाहन्छु, इन्टरपोल र चिनियाँ पुलिसको रेड कर्नर नोटिसमा डोल्कु एक आतंकवादी हुन्', उनले भनेका छन्, 'उसलाई न्यायको कठघरामा उभ्याउनु सबै देशको दायित्व हो ।' यसबारेमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले सञ्चारमाध्यमको समाचार हेरिरहेको बताउँदै मन्त्रालय तथ्यको जाँचमा लागिरहेको प्रतिक्रिया दिए ।

0 comments

Write Down Your Responses