यसकारण बाथरुममा स्मार्टफोन लैजानु घातक !


काठमाडौं: सूचना प्रविधले फड्को मारिरहँदा अहिले स्मार्टफोन सबैको हातहातमा देख्न पाइन्छ । मानिसहरु जहाँसुकै जाँदा पनि स्मार्टफोनलाई बोक्न भुल्दैनन् । स्मार्टफोनको प्रयोग हामी जहाँ पनि गरिरहेका हुन्छौ, अर्थात उठेदेखि नसुतेसम्म स्मार्टफोन चलाउने बानीमा परिसकेका छौँ हामी। बाथरुमदेखि ओछ्यानसम्म घरदेखि सिनेमा हल र पार्कसम्म जहाँ गएपनि स्मार्टफोन छुट्दैन ।
    एकअर्थमा भन्दा हामीलाई स्मार्टफोनको नशा नै लागिसकेको छ। त्यसैले त हामी बाथरुममा जाँदा पनि स्मार्टफोन लगिरहेका हुन्छौं। तर, वैज्ञानिकहरुले बाथरुपममा स्मार्टफोन प्रयोग गर्नुलाई मानव शरीरका लागि घातक हुने जनाएका छन्। बाथरुममा स्मार्टफोन किन नचलाउने ?

      १. बाथरुममा चलाउँदा स्मार्टफोनमा किटानु फैलन सक्छ। किनकी तपाईँ हामीले बाथरुम सफा गरेपनि    स्मार्टफोनलाई त पखाल्ने कुरा हुँदैन/आउँदैन।
 २. बाथरुममा स्मार्टफोन चलाउँदा ड्यामेज हुने खतरा पनि हुन्छ। भिजेको हातले स्मार्टपोन छोएमा टच स्क्रिन  खराब हुन सक्छ। यति मात्रै होइन चिप्लिएर फुट्ने सम्भावना पनि त्यतिकै मात्रामा हुन्छ। त्यसकारण बाथरुममा फोन नलैजानु नै उपयुक्त हुन्छ। 
 ३. बाथरुममा स्मार्टफोनलाई बारम्बार चलाउनाले तपाईँको मोबाइलको सीम कार्डमा चिसो पसेर बिग्रने खतरा हुन्छ ।
 ४. यदि तपाई स्मार्टफोन बोकेर बाथरुममा जानुहुन्छ भने तपाईँको त्यहाँ लाग्नेमध्ये आधा समय स्मार्टफोनले खाइदिन्छ। 
    एक अध्ययन अनुसार स्मार्टफोन बोकेर गएकी एउटा एयर होस्टेस बाथरुममा गएर स्मार्टफोनमा भुल्दा प्लेन छुटेको तथ्यसमेत आएको छ ।
 ५. बेलायतमा गरिएको अनुसन्धान प्रत्येक महिना १५ लाख स्मार्टफोन बाथरुम फ्लश गर्ने बेलामा झरेको        देखाइएको छ। त्यसकारण तपाईँले स्मार्टफोन सकभर बाथरुममा लिएर नजानु नै उपयुक्त हुन्छ।
 ६. पानी स्मार्टफोनको सर्किटको लागि एकदमै हानिकारक हो। मोबाइलमा एक थोपा पानी वा त्यसको बाफ परेमा मोबाइलको नेट्वर्कमा विस्तारै असर गर्न थाल्छ। र, पछि राम्रोसँग काम गर्न छोड्छ।
 ७. बाथरुममा राखिएको ठूलो ऐनाले वाईफाई सिग्नललाई परावर्तन गरिदिने हुनाले तपाईँको स्मार्टफोनमा यसको प्रभाव निकै कम हुन्छ। यसकारण तपाईँलाई बाथरुममा बसेर मोबाइलमा इन्टरनेट चलाउन निकै कठिन हुन्छ। -

0 comments

Write Down Your Responses