वैशाखदेखि ३ देखि ५ घण्टासम्ममात्रै लोडसेडिङःउर्जामन्त्री रायमाझी -

काठमाडौं–   उपप्रधान एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले वैशाखमा लोडसेडिङ् आधारभूत रुपमा अन्त्य हुने र ०७४ सालमा पूर्णरुपमा अन्त्य हुने दाबी गरेका छन्। शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री रायमाझीले लोडसेडिङ अन्त्य गर्ने सवै पूर्वाधार पूरा भैसकेकोले आगामी नयाँ वर्षबाट यसको प्रभाव देखिने दाबी गरेका हुन्।
     उनले भने, 'उर्जा संकट निवारण गुरुयोजनाअनुसार द्रुत गतिमा काम भैरहेकोले०७३ सालमा दैनिक ४ देखि ५ घण्टासम्ममात्रै लोडसेडिङ हुने ठोकुवा गर्दछु, मैले बलियो जग हालिसकेको छु, सरकार परिवर्तन भएपनि केही असर पर्दैन, काम अघि बढ्छ ।' उनले विभिन्न अपठ्यारो परिस्थितिको बावजुद पनि आफूले उर्जा क्षेत्रमा आमूल परिवर्तन ल्याएको दाबी गर्दै अब मुलुकले आगामी दिनमा उर्जाको समस्या भोग्नु नपर्ने बताए । उनले भने, 'हामी केही वर्षमै विद्युत उत्पादन गरेर निर्यात गर्ने सामाथ्र्य राख्नेछौं।
     ' उनले उर्जा क्षेत्रको विगत १ सय ५ वर्षे लामो इतिहास अत्यन्तै कमजोर रहेको उल्लेख गर्दै पूरानोलाई क्रमभंग गरेर नयाँ गुरुयोजना सूचारु गर्न आफूले उल्लेखनीय काम गरेको दाबी गरे। उनले भने, 'उर्जा क्षेत्रको संकट निवारणका लागि उर्जा दशकको रुपमा मैले विभिन्न विशेषज्ञसँग परामर्श गरेर वैज्ञानिक र वस्तुवादी कार्ययोजना ल्याएको छु, यसले उर्जा क्षेत्रमा उथलपुथल ल्याउँछ।' उर्जा क्षेत्रको विकासको लागि विभिन्न ठाउँमा सञ्चालित आयोजनालाई समेत समायावधिमै समाप्त गर्न आँपूmले आवश्यक पहलकदमी चालिसकेको जानकारी दिँदै उनले भने, 'निर्माणधीन सबै आयोजनालाई समयमै पूरा गर्न मैले निर्देशन दिइसकेको छु।
      ' ठूला आयोजना अन्र्तगतका बुढीगण्डकी, नौमुरे, नलसिंहगाढ, अपर अरुण, सुनकोशी लगायतका हाईडा«ेप्रोजेक्ट चाँडै निर्माण कार्य अगाडि बढ्ने मन्त्री रायमाझीले जानकारी दिए । भारतबाट आउने भनिएको ६ सय मेगावाट विद्युत्त ढल्केवर र अन्य ठाउँमा सव–स्टेशनको अभावका कारण आउन नसकेको बताउँदै त्यो पनि चाँडै आउने उनको दाबी छ । 
  उनले क्रस ब्रोडर टा«न्समिसन लाइनको काम तिव्र रुपमा अघि बढिरहेको बताउँदै छिट्टै चीन र भारतसँग विद्युत आदान–प्रदान हुने जानकारी दिए । ट्रान्समिसन लाईनको समस्याका कारण पूर्वी तराई र काठमाडौं उपत्यकावीच सन्तुलन कायम गर्न असहज भएको कारण उपत्यकामा दैनिक ११ घण्टा लोडसेडिङ् हुने गरेको मन्त्री रायमाझीले स्पष्ट पारे ।

0 comments

Write Down Your Responses