महिलाले विश्वलाई अचम्मित पारोस् : ओबामा

काठमाडौं, बैशाख १ ।

  अमेरिकी राष्ट्रपति बाराक ओबामाले महिलाले विश्वलाई आफ्नो क्षमताले अचम्मित पारेको दिन देख्न चाहेको बताएका छन् । अमेरिकी राष्ट्रपति ओबामासहित डेमोक्रेटिक पार्टीका अरु पदाधिकारीले मंगलबार अमेरिकामा समान ज्याला अर्थात इक्वेल पे डे मनाएको थिए । अहिले पनि समान कामका लागि पुरुष र महिलाले पाउने ज्यालामा भिन्नता रहेको भन्दै त्यसको अन्त्यका लागि अमेरिकामा इक्वेल पे डे मनाइएको हो । ओबामाले महिला समानताको पक्षमा राष्ट्रिय अभियान सुरु गरेका छन् । उनले लिङ्गको आधारमा भन्दा पनि काम र काम गर्ने क्षमताको आधारमा ज्याला निर्धारण हुनुपर्ने पक्षमा कानूनी व्यवस्था गर्न कांग्रेसमा पहल गर्दै आएका छन् । महिलाले पूरै विश्वलाई अचम्मित पारेको हेर्न चाहेको बताउँदै ओबामाले त्यो दिन चाँडै आउनेमा आफू आशावादी रहेको बताएका हुन् । यसैबिच समाजिक सञ्जाल फेसबुक र प्रविधि सम्बन्धी कम्पनी माइक्रोसफ्टले लिङ्गका आधारमा रहेको पे ग्याप अर्थात ज्यालाको भिन्नता अन्त्य गरेको बताएका छन् ।

0 comments

Write Down Your Responses