खोटाङमा बस दुर्घटना, मर्नेको संख्या २२ पुग्यो (अपडेटसहित फोटो फिचर)

खोटाङबाट काठमाडौं आउँदै गरेको यात्रुबस दुर्घना हुँदा २२ जनाको मृत्यु भएको छ । खोटाङ महादेवस्थान–१ काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको खोटाङ प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १५ पुरुष र सात महिला रहेका छन् । तरमृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
 दिक्तेलबाट काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको बस विहान महादेवस्थान–१ काभ्रेको भिरबाट खसेको हो ।
 बिहान ५ बजे काठमाडौंका लागि छुटेको यात्रुवाहक बस बाटोबाट झन्डै तीन सय मिटर तल खसेको छुटेको बा २ ख ६३७६ नम्बरको बस आज बिहान महादेवस्थान–१ काभ्रेमा सडकबाट खस्दा २२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । घाइते २२ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

0 comments

Write Down Your Responses