मधेसी मोर्चाका नेताहरुले आन्दोलन गर्न सक्दैनन्ः विकास तिवारी
- See more at: http://www.onlinekhabar.com/2016/04/414045/#sthash.gVvWDnaX.dpuf
S.K
- See more at: http://www.onlinekhabar.com/2016/04/414045/#sthash.gVvWDnaX.dpuf
मधेसी मोर्चाका नेताहरुले आन्दोलन गर्न सक्दैनन्ः विकास तिवारी
२०७३ वैशाख १ गते १०:४३ मा प्रकाशित
260 30
0
.के. शान
१ वैशाख, सप्तरी । मधेसी मोर्चाले वैशाखदेखि पुनः आन्दोलन गर्ने बताइरहेको छ । तर यसअघि ६ महिनासम्म भएको आन्दोलनमा जिल्ला तहमा सहभागी भएका एक दलका केन्द्रिय नेताले भने मोर्चा नेताहरु आन्दोलन गर्नै नसक्ने बताएका छन् ।
नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारी भन्छन्, मधेसी मोर्चाका नेताहरु चुनावमा अहिलेकै एजेण्डा राखेर जनतासँग भोट माग्ने रणनीतिमा देखिएका छन् ।’ विगतको आन्दोलनमा चारै वटा गियर मोर्चाले झारिसकेको र अब पुनः स्टार्ट गर्न पनि नखोजेको भन्दै आन्दोलन बोलीमै मात्र सिमित रहनेे उनले बताए ।
बैशाखदेखि आन्दोलन कसरी हुन् सक्छ ? उनले भने, असारसम्म विवाह, ब्रतबन्धसहितका लगन हुने र त्यसपछि रोपाइँ प्रारम्भ हुन्छ । तत्पश्चात नेताले मात्रै आन्दोलन गर्छन् त ?’आन्दोलनको नाममा भावी चुनावी तयारी
मधेसी मोर्चाका नेताहरु आन्दोलनका नाममा चुनावको तयारी गर्न चाहेको तिवारीको विश्लेषण छ । ‘चुनावमा जानका लागि वर्तमान अवस्थालाई नै एजेन्डा बनाउन चाहेका छन्’ उनले भने । ३६ पटकसम्म वार्ता बस्दा पनि सरकार मागप्रति संवेदनशील नभएको अवस्थामा चैतको लागि अल्टिमेटम दिएको भन्नु हास्यास्पद भएको उनी बताउँछन् ।
झण्डा, डण्डा र धन्दा बन्द हुनुपर्छ
विगतमा भएको लामो आन्दोलन पनि नेताहरुकै कारण तहसनहस भएको भन्दै तिवारीले त्यसका मुख्य कारणहरु औंल्याएका छन् । पार्टीको झण्डा, दलगत बण्डा, आ आफ्नै डण्डा र धन्दाका कारण आन्दोलन सफल हुन नसकेको उनले बताए । मोर्चा भएर पनि आ-आफ्नो पार्टीको झण्डा प्रयोग गर्नु, दलगत रुपमा छुट्टाछुट्टै बण्डा हुनु, आफू नै शक्तिशाली रहेको ठान्दै आफ्नै डण्डालाई मजबुत भन्नु, आन्दोलनका दौरान तेल र अन्य सामानको धन्दा गरिनु जस्ता कारणले आन्दोलन परिणाममुखी हुन नसकेको उनको भनाइ छ ।


0 comments
Write Down Your Responses