भ्रष्टाचार आरोपमा एघार सैनिक अधिकृत निलम्बित
।
यो कदम चाल्नु दुई दिनअघि जनरल रहिल शरिफले हरेक तहमा जवाबदेहीको माग गर्दै जबसम्म भ्रष्टाचारको समस्यालाई जरैबाट खतम बनाइन्न तबसम्म आतंकवाद र चरमपन्थविरुद्ध चलिरहेको लडाइँले स्थायी शान्ति र स्थिरता लिन नसक्ने बताएका थिए ।
निल्म्बनमा परेका उनीहरु सबै अफगानिस्तानको सीमास्थित दक्षिणपश्चिमी बोलोचिस्तान राज्यमा कार्यरत रहेका थिए ।
सेनाका वरिष्ठ अधिकारीलाई बर्खास्त गरिएको सन्दर्भमा अहिलेसम्म आधिकारिक घोषणा गरिएको छैन । तर स्थानीय टेलिभिजन च्यानलले सेनाको यो निर्णयको समाचार प्रसारण गरिरेहका छन् ।
जनरल शरिफको तर्फबाट वरिष्ठ अधिकारीलाई बर्खास्त गरिएको सन्दर्भले पाकिस्तानमा खास महत्व राख्छ । पनामा पेपर्स लीक मामिलामा प्रधानमन्त्री नवाज शरिफका परिवारका सदस्यको नाम आएपछि यहाँको राजनीति तातेको छ ।
पनामा पेपर्स लीकमा प्रधानमन्त्री शरिफका दुई छोरा र एक छोरीले विदेशमा कथितरुपमा खाता खोलेर नक्कली कम्पनी खडा गरि पैसा लुकाएको पाइएको थियो ।
सेना प्रमुखको यो फैसलाले पाकिस्तानमा राजनीति असर पार्नेछ । यो प्रकरण चर्किएमा प्रधानमन्त्रीको राजीनामा पनि माग्ने सम्भावना छ । - See more at:

0 comments
Write Down Your Responses