सिन्धुपाल्चोक केन्द्र भएर शुक्रबार साँझ भूकम्पको धक्का

काठमाडौँः शुक्रबार पौने पाँच बजे सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ । शुक्रबार साँझ ४ बजेर ४९ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर चार म्याग्नेच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शुक्रबारको भूकम्प गतवर्ष वैशाख १२ गते गएको भूकम्पकै परकम्पन भएको केन्द्रले जनाएको छ । वैशाख १२ पछि चार म्याग्नेच्यूडमाथिका चार सय ४५ बढी परकम्पन गइसकेका छन् ।
             शक्तिशाली भूकम्प गएको वर्षदिन पुग्नलाग्दा समेत निरन्तर परकम्प गइरहदा सर्वसाधारणमा भूकम्पको त्रास अझै देखिन्छ । त्यस्तै, शुक्रबार बिहानका राती समेत दोलखा केन्द्र भएर परकम्प गएको थियो । राती बाह्र बजेर ४१ मिनेट जाँदा दोलखा केन्द्र भएर चार म्याग्नेच्यूडको परकम्प गएको केन्द्रले जनाएको छ ।

0 comments

Write Down Your Responses