अपडेट : इक्युडोरमा ७.८ म्याग्निच्यूडको भूकम्पबाट मृत्यु हुनेको सङख्या ७७ पुग्यो -६ स्थानमा संकटकालको घोषणा

एजेन्सी । दक्षिण अमेरिकाको पश्चिममा पर्ने राज्य इक्युडोरमा ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट ७७ जनाको मृत्यु भएको त्यहाका उपराष्ट्रपति जोर्ज ग्लासले जानकारी दिएका छन्। ३०० किलोमिटर तलबाट आएको भूकम्पले कोस्टलको शहर नजिकै रहेको मुइस्ने, गुयाक्वेललाई केन्द्र बनाएको त्यहास्थित स्थानीय सञ्चार माधयमले बताएकोबीबीसीले जनाएको छ।
     भूकम्पले क्विटो शहरमा रहेका घरहरु, भवनहरु ढलेका छन्। पोर्टोभिइजो शहरमा १६ जनाको मृत्यु भएको छ। यस्तै मान्टामा १० र गुयास क्षेत्रमा २ जनाको भूकम्पले ज्यान गएको छ। भूकम्पगएपछि त्यहाको सरकारले भूकम्प गएको ६ स्थानमा संकटकालको घोषणा गरेको छ भने उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरेको छ। भूकम्पबाट सुनामी आउन सक्ने भन्दै सरकारले स्थानीयबासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

0 comments

Write Down Your Responses