फेसबुकको कमाई ५६ हजार करोड !!!

२०७३ बैशाख १६ बिहीवार
 एजेन्सीः विश्वकै ठूलो सामाजिक सञ्जाल फेसबुकको रेभिन्यू बढ्दै गएको छ । पछिल्लो वर्ष फेसबुकको रेभिन्यू ५२ प्रतिशले बढेर ५.३८ अबर डलर अर्थात् ५६ हजार करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही समयमा फेसबुकले ३.४ अरब डलर कमाएको थियो । फेसबुकले सबैभन्दा बढी कमाई मोबाइल एडबाट गर्ने गरेको छ ।
 फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार प्रत्येक मानिस दिनमा ५० मिनेट फेसबुकमा बिताउछन् । फेसबुकको रेभिन्यू सबैभन्दा बढी विज्ञापनबाट प्राप्त हुन्छ । फेसबुक विज्ञापनबाट आउने रेभिन्यू ५७ प्रतिशतबाट बढेर ५.२ अरब डलर भएको छ । फेसबुकमा आउने विज्ञापन मध्ये सबैभन्दा बढी मोबाइलबाट ८२ प्रतिशत आउने गरेको छ । 
अघिल्लो वर्ष फेसबुकका कार्यकारी अध्यक्ष शेर्ली सेडबर्गले मोबाइल एड ७३ प्रतिशत मात्र भएको बताएका थिए । फेसबुकका प्रयोगकर्ता विश्वभर बढिरहेका छन् । फेसबुकका मासिक सक्रिय प्रयोगकर्ता पहिलो त्रैमासिकमा १.६५ अरब भएका थिए । प्रत्येक वर्ष मोबाइलबाट फेसबुक चलाउने प्रयोगकर्ता २१ प्रतिशतबाट बढेर १.५१ अरब पुगेका छन् ।

0 comments

Write Down Your Responses