डन चरीलाई बिर्सिदै कार्कीलाई अंगालिन खुश्बुले, याक एण्ड यतीमा भव्य पार्टी


काठमाडौ। 
प्रहरी ईन्काउटरमा मारिएका राजधानीका कुख्यात डन दिनेश अधिकारी उफ चरिको प्रेमीका खुश्बु ‍‍‌ओली शनिवार बिबाह बन्धनमा बाँधिएकी छिन् । ओलीले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सन्तोष कार्कीसँग बिवाह गरेकी हुन । होटलमा भव्य पार्टीसहित बरबधुलाई आर्शिवाद दिन परिवारजन तथा इष्टमित्रको ठूलो भिड थियो ।
 मोडलिङ पृष्ठभुमिकी खुश्बु डन चरी ईन्काउटर पछि चर्चामा छाएकी थिईन् । आफूलाई मनपराउने पूर्ब प्रेमी अर्पण कोईराला र तत्कालिन ईन्सपेक्टर हालका डिएसपी कुमोद ढुंगोलले योजनाबद्ध तरीकाबाट आफूले बिवाह गर्न लागेको चरीको हत्या गरेको आरोप ओलीले लगाएकी थिइृन् ।
 गत बर्ष २१ साउनमा प्रहरी इन्काउण्टरमा चरी मारिएपछि उनले त्यस घटनालाई लिएर निकै मिडियावाजी गरेकी थिइन। चरीको हत्यामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने दावी गर्ने ओलीले यतिखेर भने दिनेश अधिकारीलाई विर्सइएर बिबाह बन्धनमा बाँधिएकी छिन् ।

0 comments

Write Down Your Responses