थिन्लेको शुक्रबार अन्त्येष्टि गरिने

वैशाख १६, २०७३- विश्व चर्चित फिल्म ‘क्याराभान’ का नायक थिन्ले लोन्डुपको अन्त्येष्टि शुक्रबार गरिने भएको छ । बौद्ध धार्मिक परम्पराअनुसार विहान ९ वजे टेकुस्थित पचलीघाटमा उनको अन्त्येष्टि गरिनेछ । आइताबार डोल्पा सदरमूकाम दुनैबाट गाउँ माथिल्लो डोल्पाको साल्दाङ फर्कदै गरेको अवस्थामा घोडाबाट लडी उनको मृत्यृ भएको हो ।
 मंगलबार हेलिकप्टरद्वारा थिन्लेको शवलाई काठमाडौं ल्याइएको हो । गुरु डोल्पो मास्टरका अनुसार उनको शवलाई बौद्ध आरुवारीस्थित एक विद्यालयमा राखिएको छ ।
 विहान ७ वजे थिन्लेको शवलाई बौद्ध, चाबहिल हुँदै टेकु पुर्‍याइनेछ । शवयात्रामा बौद्ध गुरु, विद्यार्थी र डोल्पाबासी लगायतको उपस्थिति रहने उनले बताए । साथै, अन्त्यष्टिमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत आउने कार्यक्रम रहेको उनले बताए ।

0 comments

Write Down Your Responses