‘काली मन पराउने’ सत्यराज
वैशाख १६, २०७३-
गायनमा चिनिएका सत्यराज आचार्य गीत लेखन र संगीत सिर्जनामा पनि तल्लीन भइरहन्छन्। त्यसैलाई चरितार्थ गर्न उनी यतिबेला आफ्नै एकल गायन, संगीत र लेखन रहेको एल्बम ‘मधुशाला’ रिलिज क्रममा छन्।
उक्त गजल एल्बमको एउटा गजल ‘गोरीभन्दा मलाई त काली मन पर्यो...’ को म्युजिक भिडियो भने सत्यराजले यसै साता रिलिज गरेका छन्।
गायकले उक्त गजल पत्नी अनिता थापा आचार्यमा समर्पित गरेको बताएका छन्, जसमा सत्य भाव पोखिएको छ :
गोरीभन्दा मलाई त काली मन पर्यो
अलि सोझी अलि–अलि जाली मन पर्यो...
भूषण दाहाल निर्देशित म्युजिक भिडियोमा सत्यराज पत्नी अनितासँगै देखिएका छन्।
भिडियोलाई धीरजजंग शाहले खिचेका हुन् भने आठ गजल समावेश ‘मधुशाला’ का सबै गीतको संगीत संयोजन किरण कँडेलले गरेका हुन्। एल्बम जेठमा आउने गायक सत्यराजले बताए।


0 comments
Write Down Your Responses