फेसबुकबाट २३ युवती ठग्ने जेल चलान

A man is silhouetted against a video screen with an Facebook logo as he poses with an Dell laptop in this photo illustration taken in the central Bosnian town of Zenica१० वैशाख, काठमाडौं । फेसबुकबाट चिनजान गरी प्रेमकोनाटक गरी ठगी गर्ने जीवन तामाङ भन्ने मनबहादुर तामाङ जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले तामाङलाई बुधवार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
 उनले २३ युवतीलाई बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेका अाजको नयाँ पत्रिकामा समाचार छ । आकस्मिक रुपमा पैसा आवस्यक परेको भन्दै रकम लिएर उनी वेपत्ता हुने गरेका थिए । उनले युवतीहरुबाट करिब एक करोड रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी रविन्द्र रेग्मीले बताए । 

 जेल चलाउन भएका तामाङ पहिला अमेरिकन आर्मीसँग अफगानिस्तानमा बसेर काम गरेका थिए । सोही आधारमा आफ्नो ठूलो पहुँच भएको भन्दै ठगी गर्दै आएका थिए । तर, उनी पहिलेदेखि नै नामु ठग भएको प्रहरी अधिकारीहरु बताउँछन् । दुई वर्ष अघि युवाहरुलाई अफगानिस्तान पठाउने भन्दै ठगी मुद्दामा उनी छुटेका थिए । उनी सिफलनजिकै तीनतले घर भाडामा लिए बस्दै आएका थिए ।
 घरमा एसीसमेत जडान गरेका थिए । महंगा फर्निचरहरुले सजाइएको उनको फ्ल्याट भीआपीको जस्तो देखेपछि प्रहरी अधिकारीसमेत चकित भएका थिए ।

0 comments

Write Down Your Responses