हिरोइनका दुःखः रिलमा जस्तो रमाइलो छैन रियलमा
काठमाडौं । रिलमा निकै चम्किलो देखिन्छन्
कलाकार । भड्किलो पोशाक, मन्द मुस्कानले पनि रिलमा चम्किलो बनाउन सघाएको
हुन्छ उनीहरुलाई । रिलमा हराभरा देखिने कलाकारले रियल लाइफमा भने
कहिलेकाँही निकै सास्ती भोग्ने गरेका छन् ।
तीनसय बढी म्यूजिक भिडियोमा काम गरेकी सुष्मा अधिकारी गोदावरीमा तीन वर्षअघिको घटना कहिल्यै बिर्सन्नन् ।
पुसको महिना, गोदावरी लोकेसन । निर्देशक थिए शिब बिक । पानीमा भिजेर अभिनय गर्नुपर्ने ।
निर्देशकले पहिल्यै भिजेर अभिनय गर्नुपर्छ भनेकाले मानसिक रुपमा तयार
भएर बसेकि थिइन् । सुटिङ सुरु भयो । ट्याङ्करले पानीको फोहोरा दिन थाल्यो ।
निर्देशकको एक्सन संगै सुष्मा पानीको फोहोरामै नाच्न थालिन् । मोडल नयाँ
थिए । पटक पटक टेक खाए । सहकर्मी मोडलले धेरै टेक खाँदा साँझसम्म पानीमा
भिजेरै बित्यो ।
अब त सुटिङ सकियो भनेर खुसी हुँदै घर आएकी सुष्मालाई घर पुग्दा नपुग्दै
हनहनी ज्वरो आइसकेको थियो । सुष्मा भन्छिन् ‘चिसो पानीमा भिज्दाको असरले एक
हप्तासम्म औषधी खाएर सुत्नु पर्यो ।’
भोजपुरी फिल्म ‘जय मधेश’ को सुटिङमा पनि त्यस्तै आपत आइलाग्यो ।
बीरगञ्जमा सुटिङ हुँदै थियो खलनायकले आक्रमण गर्दा उनी भाग्नुपर्ने दृष्य
थियो । निर्देशकको आदेश पाए लगत्तै उनी भागिन् । पछि पछि खेद्दै थिए
खलपात्र ।
खलपात्रले उनलाई यस्तरी लडाए । सट राम्रो भयो भन्दै निर्देशक खुसीले
चिच्याए । एकछिन् पछि थाह भयो । उनी त रियलमै लडेकी रहिछन्, अभिनय होइन
रहेछ । खलानयकले खेद्दा लडेपछि घुँडामा चोट लाग्यो भने ,तीन दिन उनले सुटिङ
गर्नै सकिनन् ।
म्यूजिक भिडियोको तुलनामा उनको फिल्म थोरै छ । फिचर फिल्मको तुलनामा
म्यूजिक भिडियोको काम छिटो हुने र पारिश्रमिक पनि राम्रो पाइने भएकाले
भिडियोमै केन्दि्रत भएको उनको भनाई छ ।
आर्यनको अभिनयवाट प्रभावित
आर्यन सिग्देलको अभिनयवाट प्रभावित सुष्मालाई आर्यनसँग काम गर्ने मन छ ।
तर, अहिलेसम्म अवसर जुरेको छैन । कुनै दिन आर्यनको जोडी बन्न पाइएला
भन्नेमा उनी आसावादी छिन् ‘कुनै दिन काम गर्ने साइत आउँछ होला ।’ सुष्माले
भनिन् ।
आर्यनको फिल्म हेर्नु अघि नै उनको फ्यान बनेकी सुष्माले कुमारी हलमा गएर
पहिलो पटक आर्यन अभिनित ‘किस्मत’ हेरेको थिइन् । त्यसपछि कुनै पनि फिल्म
छुटाएकी छैनन् ।
सुष्मा भन्छिन् ‘उहाँको प्राय सबै फिल्म हेर्ने गरेकी छु ।’ उनका अरु
पनि साथीहरु छन आर्यनका फ्यान । ‘हामी साथी साथी (फ्यानहरु) जम्मा भएर हलमै
गएर फिल्म हेर्ने गरेका छौं ।’ उनले भनिन् ।
जम्मा चार पटक भेट भएको रहेछ उनको आर्यनसँग । पत्येक भेट हाई हल्लोमै
बित्यो । ‘म मनमा लागेको कुरा फ्याट्ट भन्नै सक्दिन ।’ सुष्माले भनिन् ।
त्यसकारण सुष्मा आफ्नो कट्टर फ्यान हो भन्ने कुरा आर्यनलाई अहिलेसम्म थाह
छैन ।

0 comments
Write Down Your Responses