विद्यार्थीलाई बम्पर उपहार, शुक्रकिट दिँदा ११ हजारको कुपन

विद्यार्थीलाई बम्पर उपहार, शुक्रकिट दिँदा ११ हजारको कुपन अनलाइनखबर 1 प्रतिक्रिया 314 शेयरbritish poundबेलायती तन्नेरी विद्यार्थीहरुले अहिले निकै राम्रो अफरको फाइदा उठाउँदैछन् । आफ्नो शुक्रकिट दान गरेबापत उनीहरुले झण्डै ११ हजार रुपैयाँ पाउनेछन् । 
 शुक्रकिट दिने युवा विद्यार्थीहरुले अनलाइन सपिंग साइट अमेजनमार्फत ७५ ब्रिटिस पाउण्ड अर्थात् झण्डै ११ हजार ४ सय रुपैयाँको गिफ्ट भौचर पाउँछन् र उनीहरुले सो भौचरमार्फत अनलाइनमै आफुलाई चाहिएको कुरा किन्न सक्दछन् । शुक्रकिट दिएको बदलामा हजारौँ रुपैयाँ कमाउन सक्ने यस्ता भाग्यमानी विद्यार्थी बेलायतको शेफिल्ड विश्वविद्यालयका हुन् । 
 उक्त विश्वविद्यालयका प्राध्यापक ऐलन पेसीले एउटा यस्तो अनुसन्धान गर्दैछन् जुन सफल भएमा पुरुषको पुरुषत्व ७० प्रतिशत सम्मले बढाउन सकिन्छ । सोही शोधका लागि उनलाई तन्नेरी युवकहरुको शुक्रकिटको आवश्यकता खटि्कएको हो । प्राध्यापक ऐलन लाइकोपेन नामक तत्व माथि शोध गरिरहेका छन् । यो तत्व गोलभेँडाको बोक्रामा पाइन्छ । यहीँ तत्वको प्रयोगले पुरुषहरुमा शुक्रकिटको मात्रा बढाउन सकिने विश्वास उनकोे छ । 
आफ्नो यो शोध सफल भएमा यो पुरुषमा बाँझोपन हटाउन तथा पुरुषत्व बढाउने दिशामा ठूलो सफलता प्राप्त हुने उनको दाबी छ । शोधको सुरुवाती नतिजा निकै सकारात्मक रहेको र लाइकोपेनले जबरजस्त उत्साह पैदा गर्नसक्ने देखिएको प्राध्यापक ऐलन बताउँछन् । लाइकोपेनको सहायताले शुक्रकिट बढाउने प्रक्रिया तिन महिनामा पूरा हुने उनको भनाई छ ।

0 comments

Write Down Your Responses