युवतीलाई ग्राहकसँगै सुत्न पठाउने तीन होटल संचालक प्रहरीको फन्दामा
पोखरा –पोखरामा पीडित युवतीको जाहेरीको आधारमा तीन जना होटल व्यवसायी यौन कर्म गरेको आरोपमा पक्राउ परेका छन् ।
पीडित युवतीहरुले ती संञ्चालकहरुले वारम्वार कामदार युवतीलाई यौन धन्दामा लगाउने गरेको जाहेरी प्रहरीमा दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मुस्ताङ लेते घर भई पोखराको हरिचोकमा अमृता रेष्टुरेण्ट संञ्चालन गर्ने विष्णु गौचन, उनका श्रीमान लक्ष्मण गौचन र पोखरा १० बस्ने मुना होटलकी संञ्चालक गौमती गुरुङ रहेका छन् ।
उनीहरुले सुरुमा भात पकाउने, भाँडा माझ्नेलगायतका काम गर्ने भन्दै युवतीलाई राखेपनि पछि उनीहरुलाई ग्राहकसँगै सहवासको लागि उठवस गराउन थालेपछि युवतीहरु आक्रोशित हुँदै प्रहरी कार्यालयमा निवेदन लिएर पुगेका थिए ।
कास्की प्रहरीले पछिल्लो समयमा यौन व्यवसाय संञ्चालन गर्नेमाथि धमाधम कारवाही प्रक्रिया अगाडि वढाएको कास्की प्रहरी प्रवक्ता डिएसपी गज्जुसिद्धी वज्राचार्यले जानकारी दिएका छन् । यसरी पक्राउ परेका व्यक्तिलाई मानव वेचविखन तथा ओसार–पसार मुद्दामा म्याद थप गरी कारवाही गरिने प्रहरी प्रवक्ता वज्रचार्यले जानकारी दिएका छन् ।

0 comments
Write Down Your Responses