दलालको कमाइ दिनहुँ ५० लाख

बैशाख १६, २०७३

काठमाडौँ- मूल्य र कारोबारमा भएको बृद्धिसँगै सेयर दलालहरुको कमाइ दैनिक ५० लाख रुपैयाँसम्म पुगेको छ। गत असारदेखि फागुनसम्मको कारोबार रकम र त्यसमा दलालले लिने गरेको न्यूनतम कमिसनका आधारमा यो रकम आएको हो। यसका आधारमा प्रत्येक दलालले दैनिक औसत करिब १ लाख कमाएको देखिन्छ। 
कार्यरत ५० दलालहरुमध्ये कार्यक्षमताअनुसार केहीले धेरै र केहीले कम कमाउँदै आएका छन्। गत साउनदेखि फागुनसम्म ७० अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। उक्त अवधिमा १ सय ४९ सेयर कारोबार भएको थियो। दलालले खदरिद र विक्री दुवैमा समान शुल्क उठाउने भएकाले कारोबारको दोब्बर रकमबाट शुल्क लिन्छन्। 
अहिले सेयर खरिदविक्री गरिदिएवापत दलाल कम्पनीले ५० हजार रुपैयाँसम्ममा १ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्ममा ०.९ प्रतिशत, ५ लाखदेखि १० लाख रुपैयाँसम्म ०. ८ र १० लाख भन्दा भाथि ०ं७ प्रतिशत सेवा शुल्क लिन पाइने कानुनी व्यवस्था छ। कान्तिपुर दैनिकमा खबर छ।

0 comments

Write Down Your Responses