कुकुरले यसरी पत्त्ता लगायो सल्यान एकै घरको चार जनाको हत्या गर्ने हत्यारा

कुकुरले यसरी पत्त्ता लगायो सल्यान एकै घरको चार जनाको हत्या गर्ने हत्यारा
 काठमाडौं, १६ बैशाख । एउटै घरका २ बालिकासहित चार महिलाको हत्या गर्ने हत्यारालाई नेपाल प्रहरीको अनुसन्धान कुकुरले पत्ता लगाएको छ । कुकुरको अनुसन्धान गरी पत्ता लगाएका संजय भारतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपछि संजयले आफुले नै हत्या गरेको प्रहरीसँग स्वीकार गरेका छन् । सल्यान छायाक्षेत्र रानागाउँमा २ बालिकासहित ४ महिलाको हत्या गरिएको थियो ।
 जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी श्याम खत्रीका अनुसार पक्राउ परेका भारतीयले हत्या आफुले गरेका स्वीकार गरेका छन् । सिता खाँण, उनका २ जना छोरी र बहिनीको हत्या गरिएको थियो । कोठामा सुतिरहेको अवस्थामा सिता खांण, उनकी छोरीहरु साढे २ वर्षकी पवित्रा ,११ महिनाकी सविता खांण र वहिनी गिता गिरीलाई गाईवस्तु बाँध्ने किलो टाउकोमा प्रहार गरी हत्या गरेका भारतीले प्रहरी बयानमा स्वीकार गरेका छन् । 
घटना भएलगतै मध्यपश्चिम प्रहरीले अनुसन्धानका लागि भुण्टी नाम गरेका कुकुर पठाएको थियो । कुकुरले घटना स्थलबाट सुग्दै भारती सुतेको कोठामा पुगेको थियो ।
 कुकुरको यही अनुसन्धानका आधारमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछिको बयानमा उनले हत्या गरेको स्वीकार गरेका छन् ।

0 comments

Write Down Your Responses