सरकार ‘मक्किएको खम्बा’ जस्तै भइसक्यो : डा.कोइराला
सोमबार १३ बैशाख, २०७३
पर्वत। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार मक्किएको खम्बा जस्तै भएको टिप्पणी गरेका छन् ।
नेपाल प्रेस यूनियन पर्वतले गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले कम्युनिष्ट र राजावादी मिलेर बनेको सरकार आफ्नै कारणले ढल्ने बताए ।
सरकार असफल बन्दै गएकाले दुई-चार महिनाभन्दा सरकारको आयु नभएको उनले ठोकुवा गरे । अर्को प्रसंगमा नेता कोइरालाले बिदेशीहरुको करोडौं डलरको चलखेलमा नेपाललाई धर्म निरपेक्ष घोषणा गरिएको दाबी गरे ।

0 comments
Write Down Your Responses