'भिख माग्नु भन्दा डान्स बारमा काम गर'

२०७३ बैशाख १३ सोमबार
२०७३ बैशाख १३ सोमबार
वैशाख १३, २०७३ 
काठमाडौं: सडकमा भिख माग्नेहरुको समस्या नेपालमा पनि चर्को छ । यहाँ महिलादेखि पुरुष र अपाङ्गता भएका तथा काम गर्न अल्छी गर्नेहरु पनि भिख माग्न सडकमा बसेका हुन्छन् । तर, सडकमा भिख माग्ने कामबारेमा भारतको एक अदालतको अनौठो फैसला आएकव छ। मुम्बईमा डान्स बार मामिलामाथि सुनुवाई गर्दै भारतको सर्वोच्च अदालतले 'सडकमा भिख मागेर या अन्य तरिकाबाट पैसा कमाउनुभन्दा राम्रो महिलाहरुले डान्स बारमा काम गर्नु उचित हुन्छ', भनेको छ । 
 न्यायाधीश दीपक मिश्रा र शिव कीर्ति सिंहको बेन्चले कुनै पनि बहानामा महाराष्ट्रमा डान्सबारमाथि प्रतिबन्ध नलगाउन कडा आदेश दिएको हो ।
 डान्स बारमा काम गरेर कुनै महिलाले पैसा कमाउँछिन् भने त्यो उनको संवैधानिक हक रहेको पनि अदालतले प्रष्ट पारेको हो । महाराष्ट्र सरकारलाई अदालतले निर्देशन दिँदै डान्स बारका कर्मचारीलाई पुलिसबाट भेरिफिकेशन गराइ एक हप्तामा बारको लाइसेन्स दिन पनि आदेश दिएको हो । अदालतले सरकारलाई स्कुल-

कलेजबाट एक किलोमिटरको दायरामा डान्स बारको लाइसेन्स नदिने शर्त हटाउन पनि भनेको छ । 
यो आदेशपछि महाराष्ट्र सरकारले आफ्नो पुरानो निर्णयमा पुनर्विचार गर्ने जनाएको छ । अदालतले सरकारले लाइसेन्स नै दिइसकेपछि बारमा स्वास्थ्य विभागका अलग्गै कर्मचारीको आवश्यकता नपर्ने पनि प्रष्ट पारेको छ ।

0 comments

Write Down Your Responses