उभिएर पानी पिउनु हानिकारक
डक्टरका अनुसार हामीले दिनहुँ ८ देखी १० गिलास पानी पिउनु पर्छ । पानीको फाईदा त आफ्नो ठाउँमा छँदैछ तर यसलाई पिउन नजान्दा हुने बेफाईदा पनि छन् ।
पानी कसरी पिउने जानीराखौँ : १.बिहानै पानी पिउनुहोस् – दिनको सुरुवात पानीसँगै गर्नुपर्छ । तपार्इँ जति पानी पिउन सक्नुुहन्छ पिउनुहोस् । जती धेरै पानी पिउनु हुन्छ तपाईको शरीर त्यति नै सफा बन्छ । पानीले शरीरलाई सफा मात्र राख्दैन, तपाईलाई दिनभर ताजा राख्न मद्दत गर्छ ।
२.पानी बिस्तारै पिउनुहोस् – खाना खाईसकेपछी लगभग एक घण्टा पछी मात्रै पानी पिउनुहोस् । यदि तपाई खाना खाईसकेपछी तुरुन्तै पानी पिउनुहुन्छ भने तपाईको शरीरलाई नोक्सान पनि पुग्न सक्छ । आयुर्वेदका अनुसार, खाना खाने बित्तिकै पानी पिउनु बिष जस्तै हो ।
३.बसेर पिउनुहोस्- जहिले पनि पानी पिउँदा ध्यान दिनु पर्ने कुरा, पानी बसेर पिउनुहोस् । उभिएर पानी पिउनु तपाईको स्वास्थ्यका लागी हानिकारक हुन सक्छ ।


0 comments
Write Down Your Responses