मोदीलाई देखेर मोदी नै झुक्किए
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै अनौठो दृश्य देखेर केही दिन अघि आफैँ अचम्ममा परे । उनको आधिकारीक निवासमा सक्कली मोदीले नक्कली मोदीलाई प्रत्यक्ष भेटे । देख्नासाथ छक्क परेका मोदीले आफ्नै नक्कली दृश्यलाई सुमसुम्याए । मोदीले नमस्ते गरेर उभिएको आफ्नो मूर्तिसँगै उभिएर नमस्कार गरे । मोदी आफ्नो मूर्तिकै छेउमा केही बेर उभिएर हेरिरहे । सक्कली मोदीलाई नक्कली मोदीसँग भेट गराउने चाँजोपाँजो विश्व प्रसिद्ध मडम तुसाद संग्राहलयले गरेको हो । संग्राहलयले मोदीको वाक्स अवतार उतारेर मोदीसँगै भेट गराएको हो । मैनको मूर्ति झड्ट हेर्दा मोदीसँग काटिकुटी उस्तै देखिन्छ । संग्राहलयले मोदीलाई मैनको नक्कली मूर्ति उनकै निवासमा लगेर देखाएको हो । केही दिनमै मोदीको मैनको मूर्तिलाई विश्वका विभिन्न चार सहरमा रहेका संग्राहलयमा राखिने छ । अब सक्कली मोदी भारतमै भए पनि उनको मैनको मूर्ति भने लण्डन, बैंकक, हङकङ र सिंगापुरमा राखिने छ । मोदीको यो मैनको मूर्तिलाई अप्रिल २८ मा औपचारिक रुपमा अनावरण गरिने भारतीय सञ्चार माध्ययमले जनाएका छन् । मोदीको यो मैनको मूर्ति बनाउन संग्राहलयलाई चार महिना लागेको थियो ।


0 comments
Write Down Your Responses