दीपिका रणवीर छोडेर सलमानसँग
वैशाख ९, २०७३- फिल्म ‘एक्सएक्सएक्स’ मार्फत् हलिउडमा डेब्यु गर्न लागिरहेकी बलिउड नायिका दीपिका पादुकोण यतिबेला सोही फिल्मको सेटमा व्यस्त छिन् । त्यसमा दीपिका अभिनेता भिन डिजेलसँग स्क्रिन साझेदार गर्दै छिन् ।
छायांकनको अन्तिम चरणमा रहेकी दीपिका यतिबेला बलिउडकी सर्वाधिक डिमान्डेबल नायिका हुन् ।
लगालग हिट फिल्म दिएकाले पनि दीपिकाको भाउ हात्तै बढेको हो ।
हलिउडबाट फर्केलगत्तै उनलाई फिल्म खेलाउन बलिउड फिल्मकर्मी तँछाडमछाड गरिरहेका छन् । केहीअघि मात्रै उनलाई फिल्म खेल्नेबारे दुई विकल्प थिए ।
फिल्म खेल्न पूर्वप्रेमी रणवीर कपुरसँगको केमेस्ट्री रोज्लिन् वा प्रेमी रनवीर सिंहसँगको ‘वाजिराव मस्तानी’ केमेस्ट्रीलाई दोहोर्याउलिन् भन्ने अडलबाजीबीच बाजी भने सलमान खानले मार्ने भएका छन् ।
सलमान खानसँग दीपिका पहिलोपटक स्क्रिन सेयर गर्न राजी भएकी हुन् । कविर खानको नयाँ फिल्म ‘टयुबलाइट’ का लागि उनी सलमानसँग देखिने भएकी हुन् । सलमान भने यतिबेला अनुष्का शर्मासँग ‘सुल्तान’ मा काम गरिरहेका छन् । प्राय: आफ्नो अपोजिटमा न्युकमरलाई ब्रेक दिन रुचाउने सलमान पछिल्लो समय भने स्थापित नायिकासँग एकपछि अर्को जोडी जमाइरहेका छन् ।
‘बजरंगी भाइजान’ मा करिना कपुरसँग देखिएका सलमान ‘प्रेम रतन धन पायो’ मा सोनम कपुरसँग रोमान्टिक देखिएका थिए ।
सलमान पछिल्लो समय दीपिकासँग काम गर्न इच्छुक भएका थिए भने दीपिकाको मनमा पनि सलमानसँग काम गर्ने रहर रहेको बताइन्छ ।
दीपिकालाई शाहरूख खानले फिल्म ‘ओम शान्ति ओम’ बाट ब्रेक दिएका थिए । शाहरूख नजिक मानिने दीपिका सलमान क्याम्पमा प्रवेश गर्नुलाई पनि यतिबेला अर्थपूर्ण रूपमा हेरिएको छ । बलिउडमा शाहरूख र सलमानबीच शीतयुद्ध चलिरहेको बेला नायिकाको क्याम्प परिवर्तनले शाहरूखको मनमा चिसो पस्न सक्नेछ । त्यसो त सलमान यतिबेलाका जल्दाबल्दा हुन् ।
‘दबंग’ नायकको हालै ‘सुल्तान’ को सार्वजनिक गरिएको फस्र्ट लुकलाई मात्रै युटयुबमा साता दिनभित्रमा एक करोडभन्दा बढी चोटि हेरिएको छ ।
फिल्ममा उनी पहलमानको भूमिकामा देखिँदै छन् ।
दीपिकाले सलमान अभिनित फिल्ममा खेल्न सहमति जनाएपछि दुई रणवीरसँग फिल्म खेल्नेबारेमा अन्योल थपिएको छ । त्यसै पनि व्यस्त सेडयुअलमा रहेकी दीपिकाले यसअघि पनि दुई रणवीरमध्ये एकको फिल्म खेल्नका लागि मात्रै समय रहेको बताइएको बेला उनी भने दुवैलाई छोडेर सलमानतर्फ आकर्षित भएकी हुन् ।


0 comments
Write Down Your Responses