रीमा र नम्रतालाई हैरान बनाउने ‘काले केटा’ को ?

मोडलत्रय रीमा विश्वकर्मा, नम्रता सापकोटा र एनी कुँबरलाई एउटा काले केटाले हेरेर हैरान बनाएको छ ।यी सुन्दरीले आफुलाई हैरान बनाएको कुरा त्यसै गरेका हैनन् । विश्वास नलागे दुर्गा खरेलको नयाँ गीत हेर्नुस् तपाईलाई पनि महशुस हुन्छ । काले केटाले एकै साथ तीन सुन्दरीलाई लाइन मारेकाले पनि होला , तीनै सुन्दरी एकै स्वरमा भन्दैछन् ‘मलाई हेरेर हैरान बनाउछ त्यो काले काले केटाले’ । 
दुर्गा खरेलको स्वर र अर्जुन पोखरेलको शब्द, संगीत रहेको यो गीत अहिले तन्नेरी पुस्ताका दर्शकका लागि मन परेको गीत बनेको छ । सञ्चारकर्मी सुब्रत आचार्यको निर्देशन रहेको भिडियो हेर्दा ती नमोडल बोल्ड देखिएका छन् । ‘गीतको बोल अनुसार मैले दर्शकको चाहनालाई ध्यानमा राखेर बोल्ड भिडियो बनाएको छु ।’ अनलाइनखबरसँग कुरा गर्दै आचार्यले भने । यस गीतमा प्रमोद खरेलले फिचरिङ गरेका छन् । रीमा, नम्रता र एनीलाई अभिनयमा साथ दिएका मोडल सुशान्त सिंह ठकुरी हुन् ।

0 comments

Write Down Your Responses