यी हुन्, नयाँ वर्षमा घुम्न जाने ठाउँहरु

 nagarkot
३० चैत, काठमाडौं । नयाँ वर्षमा परिवार तथा साथीभाइसँग घुम्न कहाँ जाने ? यदि तपाई दोधारमा हुनहुन्छ भने हामी केही उपयुक्त गन्तव्यका बारेमा जानकारी गराउँछौं । नेपालमा घुमफिर गरेर रमाइलो गर्नका लागि प्रशस्त ठाउँहरु रहेका छन् । हामी गन्तव्यहरु रोजेर घुमफिरमा जान सक्छौं । पछिल्लो समय नेपालीहरु विदामा घुम्न जान थालेपछि धेरै गन्तव्यहरु तयार भएका छन् । राम्रो आम्दानी हुनेहरु विदेश घुम्न जान्छन् । सानो बजेटमा घुमफिर गर्न चाहानेहरुको रोजाइ चाँहि नेपालकै विभिन्न ठाउँहरु हुने गरेका छन् । पोखरा Pokhara LakesidePokhara Lakeside
पर्यटकीय नगरी पोखरा घुमफिरका लागि सबैभन्दा आकर्षक गन्तव्य हो । विदाको समयमा पोखरा भ्रमणमा जाने नेपालीहरु प्रशस्त हुने गर्छन् । नयाँ वर्ष, दसैं तथा अन्य विदाको समयमा यहाँका होटलहरु भरिभराउ हुने गरेको व्यवसायीहरु बताउँछन् । पोखराको पहिलो आकर्षण भनेको फेवाताल हो । जहाँ डुङ्गामा शयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ । माछापुच्छ्रे हिमाल पनि यहीँबाट देखिन्छ । पोखराको जुनसुुकै ठाउँबाट उत्तरतर्फ सेता हिमालहरु देख्न सकिन्छ । पोखरामा घुमफिरका लागि डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरी गुफा, बेगनाश ताललगायतका मनमोहक ठाउँहरु रहेका छन् । सराङकोट यहाँको अर्को आकर्षण हो । सराङकोटबाट पोखरा सहर, फेवाताल, सेता हिमाल लगायतको दृश्यावलोकन गर्न पाइन्छ । पछिल्लो समय पोखरा साहसिक खेलको गन्तव्यका रुपमा विकास भएको छ । सराङकोटबाट प्याराग्लाइडिङ र जिप फलायर गर्नुको मज्जा बेग्लै रहेको छ । त्यस्तै, अल्ट्रालाइट उडान पनि पोखरामा गर्न पाइन्छ । पछिल्लो समय पोखरामा बञ्जी समेत सञ्चालनमा आएको छ ।
 सौराहा Sauraha-elephantSauraha-elephant
 नेपालको तेस्रो पर्यटकीय गन्तव्य हो, सौराहा । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा वाइल्ड लाइफ पर्यटनमा विश्वमै चर्चित रहेको छ । यहा वर्षेनी लाखौं स्वदेशी विदेशी पर्यटकहरु पुग्ने गर्छन् । यहाँको प्रमुख आकर्षण भनेको हात्तीमा जंगल सफारी गर्नु हो । हात्ती तथा जीप सफारी गर्दै बाघ, गैंडा, घडियाल अवलोकन गर्न पाइन्छ । राप्ती नदीमा बोटिङ गर्दा गोही, गैंडा लगायतका जनावर देखिन्छन् । यसको अलवा यहाँ थारु कल्चर समेत अवलोकन गर्न सकिन्छ । नारायणगढबाट नजिकै रहेको सौराहामा अहिले हात्ती महोत्सव भइरहेको छ । यहाँ भ्रमणमा जाँदा महोत्सवको आनन्द लिन सकिने छ । सौरहामा करिव ५ हजार रुपैयाँमा २ रात तीन दिन सौराहा घुम्न पाइने छ । नयाँ वर्षमा भ्रमणका लागि सौराहा उत्तम गन्तव्य हुनसक्छ । यहाँ सामान्य होटलदेखि स्तरीय होटलसम्म सञ्चालनमा रहेका छन् ।
 लुम्बिनी LumbiniLumbini
गौतम बुद्धको जन्मस्थान लुम्बिनी अर्को आकर्षक गन्तव्य हो । घुमफिर गर्नका लागि लुम्विनी उत्तम गन्तव्य हुनसक्छ । भैरहवाबाट नजिकै रहेको लुम्बिनी विश्वभर चर्चित रहेको छ । पछिल्लो समय विदेशीमात्र होइन नेपालीहरुको लुम्बिनीमा बाक्लो उपस्थिती देखिन थालेको छ । यहाँको प्रमुख आकर्षण भनेको मायाँदेवी मन्दिर हो । अत्यन्तै सुन्दर रहेको लुम्बिनीमा विभिन्न देशका कलात्मक गुम्बाहरु रहेका छन् । सबैभन्दा राम्रो गुम्बा बनाउन विभिन्न देशहरुबीच प्रतिस्पर्धा भएको आभाष मिल्छ ।
 दामन Daman Sunset viewDaman Sunset view
 मकवानपुरको दामन पनि पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । राजधानीबाट नजिक रहेको दामनमा राम्रा राम्रा होटल तथा रिसोर्ट समेत खुलेका छन् । कुलेखानी हुँदै पुगिने दामन प्राकृतिक दृश्यावलोकनका लागि परिचित रहेको छ । अग्लो स्थानमा रहेको दामनबाट सुन्दर हिमाल, बनजंगल, स्थानिय संस्कृतिको अवलोकन गर्न पाइन्छ ।
नगरकोट nagarkot nagarkot
काठमाडौंबाट नजिकै रहेको नगरकोट प्रमुख पर्यटकीय गन्तव्य हो । नगरकोटबाट राम्रा राम्रा दृश्यावलोकन गर्न पाइन्छ । यहाँ परिवारसँग गएर समय बिताउन मज्जा हुन्छ । बस्नका लागि सस्तादेखि महंगा सबैखाले होटलहरु यहाँ रहेका छन् । नगरकोटबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । नगरकोटको डाँडोमा रहेको भ्यू टावरबाट नजिकै हिमालहरु मुस्कुराएको देख्न पाइन्छ । सुर्योदय र सुर्यास्त हेर्नका लागि पनि नगरकोट प्रख्यात रहेको छ ।
धुलिखेल Dhulikhel Namobuddha
Dhulikhel Namobuddhaकाठमाडौंबाट नजिकै रहेको भक्तपुरको नगरकोट पनि छोटो विदाका लागि घुम्न जाने उत्कृष्ट गन्तव्य हो । यहाँ साना देखि स्तरीय होटलहरु भएको हुँदा खान बस्नको लागि कुनै समस्या हुँदैन । यहाँबाट सेता हिमाल र प्राकृतिक दृश्यहरु अवलोकन गर्न पाइन्छ । सूर्यादय र सूर्यास्त हेर्नका लागि स्वदेशी तथा विदेशी नागरिकको भिड लाग्ने गर्छ ।
बन्दीपुर Bandipur ma Tourist
Bandipur ma Touristतनहुँको बन्दीपुर पुरानो बजार हो । पुराना घरहरुलाई कलात्मक रुपमा सिंगारिएको बन्दीपुर मुलुककै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एकमा पर्न सफल भएको छ । डुम्रेबाट ८ किलोमिटरको दूरीमा रहेको बन्दीपुरमा स्वदेशी विदेशीको बाक्लो भिड लाग्ने गर्छ । यहाँको आकर्षण भनेको नेवारी वस्ती र सुन्दर दृश्यावलोकन नै हो । यहाँबाट तनहुँको सुन्दर फाँटहरु, हिमाल लगायतका दृश्यहरु हेर्न पाइन्छ । वातावरणका हिसावले पनि यो ठाउँ उत्तम रहेको छ । नयाँ वर्षमा बन्दीपुर गएर परिवार तथा साथीभाईसँग मज्जाले रात विताउन सकिन्छ । जिरी Dolakha-JiriDolakha-Jiri
नेपालको स्वीट्जरल्याण्ड भनेर चिनिन्छ दोलखाको जिरी । अग्लो उचाईमा रहेको जिरीमा विदा मनाउन काठमाडौंदेखि ठूलो संख्यामा युवा युवती तथा परिवारहरु पुग्ने गर्छन । काठमाडौंबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखाको सदरमुकाम चरिकोट हुँदै जिरी पुग्न सकिन्छ । यहाँ गाडीबाट जान सकिन्छ । साथै, आफ्नो निजी सवारी पनि यहाँ पुराउन सकिन्छ ।
इलाम Ilam-Kanyam-tea-baganIlam-Kanyam-tea-bagan
पुर्वी पहाडी जिल्लाा इलामको चियाबारी हेर्न सँधै आन्त्रिक पर्यटकहरुको भीड लाग्ने गर्छ । चियामा मात्रै होइन, इलाम कृषि पर्यटको पनि आकर्षक गन्तव्य बन्दै आएको छ । इलाममा टी-टुरिजमको विकास गर्नुपर्छ भनेर लागेका अभियान्ता युवराज गौतम भन्छन्- ‘एकपटक इलाम गएको मान्छेले त्यो ठाउँलाई कहिल्यै भुल्दैन ।’
तीनजुरे-मिल्के-जलजले gurash-tinjure-tongurash-tinjure-ton
पूर्वी पहाडी जिल्ला तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम स्थानमा रहेको तीनजुरे-मिल्के-जलजले लाली गुराँसको राजधानी नै मानिन्छ । पछिल्ला वर्षहरुमा यहाँ पर्यटकहरुको भीड लाग्ने गरेको छ । ढकमक्क फुलेको गुराँस हेर्न आन्तरिक मात्रै होइन, विदेशी पर्यटकहरु पनि यहाँ जाने गर्छन् । तीनजुरे-मिल्के-जलजलेमा मात्रै २९ प्रजातिका गुराँसहरु फुल्ने गरेको राष्ट्रिय लालीगुराँस संरक्षण समितिले जनाएको छ । यस क्षेत्रमा पर्ने मेन्छ्यायम डाँडाबाट दूरबिनको सहायताले अासपासका ६ जिल्लका सदरमुकाम, सप्तकोशी नदी, धरान, दमक, बिराटनगरलगायतका शहरहरू देख्न सिकन्छ ।
 घलेगाउँ Ghale-GaunGhale-Gaunलमजुङको घलेगाउँ ग्रामिण पर्यटनका लागि प्रशिद्ध ठाउँ हो । होमस्टे मार्फत सेवा दिने घलेगाउँमा आतिथ्य सत्कार लोभलाग्दो छ । घलेगाउँ एकपटक पुग्नैपर्ने ठाउँ हो । यातायातको सुविधा पुगिसकेको घलेगाउँमा खान बस्नका लागि सुविधा रहेको छ । घलेहरुको वस्ती रहेको घलेगाउँमा छोटों विदामा पनि भ्रमणका लागि उत्तम गन्तव्य मानिन्छ । एकपटक घलेगाउँ पुगेको मानिस त्यहाँको प्राकृतिक सुन्दरता, त्यहाँको बस्ती, त्यहाँका मानिसको आतिथ्य सत्कारका कारण जिन्दगीभर भुल्न सक्दैन ।
 मुक्तिनाथ D6.79 Muktinath Temple_D6.79 Muktinath Temple_
अन्य गन्तव्यको तुलनामा अलि टाढा र महंगो गन्तव्य भएपनि हिमाली जिल्ला मुस्ताङमा रहेको मुक्तिनाथ भ्रमणका लागि उत्कृष्ट रहेको छ । यहाँ काठमाडौंबाट पोखरा हुँदै जहाज र गाडीमा पुग्न सकिन्छ । यहाँ भ्रमणका लागि अलि लामो समय मिलाउनुपर्छ । मुक्तिनाथ मन्दिर विश्वभर चर्चित रहेको छ । वर्षेनी लाखौं हिन्दू र बौद्धधर्मालम्बीहरु यहाँ पुग्ने गर्छन । यहाँको प्राकृतिक दृश्यहरुले आकषिर्त नहुने सायदै कम होलान । तेस्रो विश्वका रुपमा हेरिने सुन्दर भ्याली लोमान्थाङ पनि मुस्ताङमै पर्छ ।
 जनकपुर Janakpur-Janaki-templeJanakpur-Janaki-temple
धनुषा जिल्लामा रहेको रामजानकी मन्दिर नेपालको प्रमुख धार्मीक गन्तव्यका रुपमा मानिन्छ । यहाँ नेपाली तथा भारतीय पर्यटकको ठूलो उपस्थिती हुने गरेको छ । पछिल्लो समय स्तरीय होटलहरु खुलिरहेको जनकपुरमा दसैं विदा मनाउनका लागि उत्तम गन्तव्य हुन सक्छ ।
बर्दिया suklaphata-ka-barasinga-1suklaphata-ka-barasinga-1
बर्दिया वाइल्डलाइफ पर्यटनका लागि चर्चित रहेको छ । पछिल्लो समय वर्दिया राष्टिय निकुञ्जको भ्रमणका लागि थुप्रै स्वदेशी विदेशी पर्यटक पुग्ने गरेका छन् । यहाँ विश्वमै लोप हुन लागेको पाटे बाघ पाइन्छ । विदामा घुम्न जानका लागि वर्दिया उत्कष्ट गन्तव्य हुनसक्छ ।

0 comments

Write Down Your Responses