दूतावासको पहलमा मलेसियाबाट २१ नेपाली घर फर्किए
मलेसिया । अवैधानिक रुपमा काम गरिररहेको अभियोगमा मलेसियामा पक्राउ परेका मध्ये २१ जना नेपालीहरुलाई मंगलवार उद्धार गरी नेपाल पठाईएको छ ।
वैदेशिक रोजगार प्रबर्धन वोर्डको सहयोगमा नेपाली दूतावासको पहलमा निःशुल्क हवाई टिकट उपलब्ध गराइ उनीहरुको उद्धार गरिएको हो । लामो समय देखि मलेसियाको केएलआईए सेलागर डिपोमा रहेका उनीहरुमध्ये केहि परिवारको सम्पर्कमा समेत नरहेका र केहिको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाहरुलाई निशुल्क रुपमा हवाई टिकट उपलब्ध गराइएको हो ।
मंगलवार नेपाल र्फकनेहरुमा भोजपुरका जनक भुजेल र उत्तम खतिवडा, सखंुवासभाका राजन राई र अन्जान जिमी, ओखलढुंगाका रमेश तामाङ, सिन्धुलीका एन्जीमा तामाङ, रुपन्देहीका श्रीकृष्ण पाण्डे, महोत्तरीका मनोजकुमार महतो, रुकुमका शिवकुमार खड्का, तनहुँका वुद्धवहादुर गुरुङ, चितवनकी पुनमकुमारी महतो, इलामका वालचन्द्र कार्की, सप्तरीका विद्यासागर साह, पिताम्वर साह, फेकु सदा मुसहर र अनिल मुखिया छन् ।
यसैगरीकाभ्रेका रामकुमार राई, सुनसरीका गणेशवहादुर गुरुङ, गोर्खाका प्रेमवहादुर गुरुङ, सिराहाका सन्तोषकुमार महतो र वझाङका पुस्करवहादुर वोहरा रहेका छन् ।
यस अघि अपि्रल ५ मा वुकितजलिल क्याम्पमा रहेका मध्ये १८ जना र मार्च २३ मामलक्का क्याम्पमा रहेका ७ जना नेपालीहरु नेपाली दूतावासको पहलमा निःशुल्क हवाई टिकटप्राप्त गरेपछि स्वदेश फर्किएका थिए । एक वर्षयता सरकारी तथा गैर सरकारी संघसंस्थाको सहयोगमा४८७ जना नेपालीहरु नेपाली दूतावासको पहलमा नेपाल फर्किसकेका छन् ।


0 comments
Write Down Your Responses