दुई वर्षीय बालकबाट गोली हानी आमाको हत्या !
२०७३ बैशाख १७
एजेन्सी: अमेरिकाको मिलवाकी शहरमा दुई वर्षीय बालकले गल्तीले गोली चलाउँदा उनकी आमाको ज्यान गएको छ ।
नाबालक छोराले हानेको गोली लागेर आमाको तत्कालै ज्यान गएको छ । प्र्याट्रिस प्राइसले कार चलाइरहेका बेला पछाडिको सीटमा राखिएको पेस्तोल बालकले फेला परे ।
प्राइसका पिता एन्ड्रेका अनुसार प्राइस आफ्नो ब्वाई फ्रेन्डको कार चलाइरहेकी थिइन् । सुरक्षागार्डकारुपमा कार्यरत उनले आफ्नो पेस्तोल कारमै छोडेका थिए ।
मिलवाकी पुलिसका अनुसार प्राइसलाई पछाडिबाट गोली लागेको छ। मंगलबार उनी राजपथमा कार हाँकिरहेका बेला छोराको हातबाट चलेको गोलीले मारिएकी हुन् ।
यो कारमा प्रसाइकी आमा र उनका एक वर्षीय छोरा पनि थिए ।
अघिल्लो महिना फ्लोरिडामा भएको यस्तै घटनामा चार वर्षीय बालकले आफ्नी आमा जेमी गिल्टमाथि गोली हानेका थिए ।


0 comments
Write Down Your Responses