भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदै..
काठमाडौं, १७ वैशाख ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । भारतीय पत्रिका टेलिग्राफले कोलकत्ता डेटलाईनमा भारतीय जनता पार्टीको स्रोत उद्धृत गर्दै भारतीय प्रधानमन्त्री मोदी र विहारका मुख्यमन्त्री नीतिश कुमार बुद्ध जयन्तीमा सहभागी हुन आगामी मे २१ का दिन नेपाल आउन लागेको समाचार लेखेको छ । उनीहरु लुम्बिनी भ्रमणमा समेत जाने समाचारमा उल्लेख छ ।
अघिल्लो महिना संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले दिल्ली पुगेर मोदीलाई भ्रमणको निम्तो दिएका थिए । भारतीय पत्रिकाको उक्त समाचारमा नेपाल सरकारले नै मोदी र नीतिशलाई भ्रमणको निम्तो दिएको समेत उल्लेख छ ।
प्रधानमन्त्री भएपछि दुईपटक नेपाल भ्रमण गरिसकेका मोदीले जनकपुर र लुम्बिनी जान चाँहेपनि यसअघिको कार्यक्रम सफल हुन सकेको थिएन् । भारतले नेपालमाथि पाँच महिनासम्म नाकाबन्दी लगाएर नेपाल भारत सम्बन्ध विग्रिएका बेला मोदी नेपाल भ्रमणमा आउनुलाई महत्वका साथ हेरिएको छ ।


0 comments
Write Down Your Responses