दोस्रो बिहे गरेकी कमलाको हत्या कि आत्महत्या ?
बाजुरा, १७ वैशाख ।
बाजुरा जिल्लामा झुण्डिएको अवस्थामा एक जना महिलाको सव फेला परेको छ । आटिचौर गाविस वडा नं ७ मैतोला माइती घर भएकी अन्दाजी २० वर्षीया कमला नाथ आटिचौर गाविस वडा नं २ बुढाबाडामा पैयुँको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । कमलाको के कति कारणले मृत्यु भएको हो सो विषयमा अनुसन्धानका लागि प्रहरी चौकी डोगडी र जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थलतर्फ प्रहरी निरीक्षक हरिहर सुनारले जानकारी दिनुभयो । मृत अवस्थामा फेला परेकी कमला एचआरसी नामक गैर सरकारी संस्था बाजुराअन्तर्गतको खाद्य सुरक्षामा सामाजिक परिचालकको रुपमा कार्यरत थिइन् । कमलाले केही हिना अगाडि कैलाशमाण्डौ गाविस वडा नं ७ का मोहन बिष्टसंग दोस्रो विवाह गरेकी थिइन् । कमलाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा ल्याउने तयारी भएको मृतकका आफन्तले बताएका छन् ।


0 comments
Write Down Your Responses