किङ'मा निखिलको अहिलेसम्मकै फरक गेटअप, भयो सुभसाईत

२०७२ सालमा करिब ५ बर्षपछिको सफल कमब्याकपछि अभिनेता निखिल उप्रेतीको २०७३ सालमा पनि कम्तिमा तीन फिल्म रिलिज हुँदैछन् । संरक्षण'को केहि हप्ता पहिले मात्रै तराईमा सुटिङ सकाएर काठमाडौं फर्केका निखिल सोमबार मात्रै अर्को नयाँ फिल्मको टिमसँग जोईण्ड भएका छन् । 
 
भद्रकाली मन्दिरमा पुजाआजा गर्दै सुभ साईत गरिएको सबिर श्रेष्ठको निर्देशन रहने फिल्म 'किङ'मा निखिलको संभवतः अहिलेसम्मकै फरक गेटअप समावेश हुनेछ । मुहर्त साईतमा पुग्दा उक्त लुक्स निखिलमा देखियो । फिल्मको लागी छोटो फुलेको दाह्री अनि त्यसमा केहि रातो कलरमा लामो जुँगा सहितको लुक्समा निखिल छन् । जुन लुक्सले पनि यो फिल्म पुर्णतः एक्शनप्रधान बन्नेमा शंका छैन् । एक्शन सँगै सांगितिक प्रेमकथामा फिल्म बन्ने निर्माण टिमको भनाई छ । फिल्ममा उनको अपोजिटमा वेनिशा हमाल रहनेछिन् ।
जयन श्रेष्ठको लगानी रहने फिल्म औपचारिक रुपमा शुक्रबारबाट फ्लोरमा जानेछ । दशैंमा रिलिजको लक्ष्य लिईएको यो फिल्ममा नृत्य निर्देशक राम्जी लामिछानेको रहनेछ भने बसन्त सापकोटा, दिनेश सुनम र सुजेन्द्र कार्कीले संगीत भरेका गीतहरु रेकर्ड भईसकेका छन् ।

0 comments

Write Down Your Responses