आठ वर्षीया बालिकाको बलात्कारपछि विभत्स हत्या
वैशाख ७, २०७३- स्कुलबाट फर्किदै गरेकी तानसेन नगरपालिका, ११ लामडाँडा प्रभासकी आठ वर्षीया बालिका वर्षा दर्लामीको बलात्कारपछि सोमबार विभत्स हत्या भएको छ ।
स्थानीय सरस्वती माविमा कक्षा, ३ मा अध्ययन गर्ने दर्लामीको बलात्कारपछि हत्या भएको पोष्टमार्टमपछि पुष्टि भएको प्रहरीले जनाएको छ । पाल्पाको तानसेन, ११ लामडाँडास्थित घरमा आफ्नै भाई अनिलसँग विद्यालयबाट र्फकने क्रममा दर्लामी अपहरणमा परेकी हुन् । अपहरणपछि सिद्दार्थ राजमार्ग नजिकै होलाङ्दी खोलाको झाङ्मा बलात्कारपछि बालिकाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख रमेशराज भेटवालले बताए ।
मृतककी भाइ पाँच वर्षका अनिलले दिदी वषर्ालाई एकजना युवकले समातेर मार्न लागेको भनेर परिवारमा खबर गरेपछि प्रहरी र स्थानीयले खोजीकार्य गरेका थिए । बालिकाको शवमा कुनैपनि कपडा नभएको र यौनअंगबाट समेत रगत बगिरहेको अवस्थामा शव फेला परेको मृतकका आफन्त रामबहादुर दर्लामीले बताउनुभयो ।
मृतकका परिवारले तेल्घा-१ का २१ वर्षीय विशाल भन्ने दिपक न्यौपाने घटनामा संलग्न रहेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
प्रहरीले अनुसन्धानकालािग न्यौपानेलाई पक्रिएको छ । पाष्टमार्टमपछि जिल्ला सरकारी अस्पतालका मेडिकल अधिकृत डा. भास्कर हुमागाईले बालिकामाथि बलात्कार भएको बताए । हत्यामा संलग्न युवकले नसालु पदार्थ गाँजा सेवन गरी जघन्य अपराध गरेको स्थानीयले बताए ।

0 comments
Write Down Your Responses